arrow

केसीले इजलासमै भने –‘म जेल बस्न तयार छु, न्याय दिने नै हो भने पराजुलीमाथि छानविन हुनुपर्छ’

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
dr_kc.JPG

काठमाडौं । डा. गोविन्द केसीले इजलासमा आफ्ना वकिलसँग समय मागेर प्रधानन्यायाधीशमाथि छानविन हुनु पर्ने बताएका छन् ।

उनले भने, ‘मेरो मुख हेर्नु पर्दैन, मेरो कुनै याचना पनि छैन । हिरासतमै राखे पनि राख्नुुस्, तर, मलाई न्याय दिने हो भने गोपाल पराजुलीमाथि छानविन हुनुपर्दछ ।’

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा डा. केसीले आफ्ना वकिललाई एक मिनेट समय मागे । उनले भने, ‘यदि मलाई न्याय दिने हो भने प्रधानन्यायाधीश पराजुलीमाथि छानविन गरियोस् ।’ केसीले बयानका क्रममा पनि प्रधानन्यायाधीशमाथि छानविन हुनुपर्ने बताएका थिए ।

केसीलाई अदालतको मानहानी गरेको भन्दै पक्राउ गरेर सर्वोच्चमा उपस्थित गराइएको हो । उनीविरुद्धको मुद्दाको बहस सकिएको र फैसला आउन पनि ढिला नहुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ