arrow

केसी फेरि अनसनमा, पराजुली छानविनमा तानिए

‘छानविन अवधिभर कार्यसम्पादन गर्न पाइँदैन !’

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
@ KC.jpg.jpeg

काठमाडौं । अपहेलना मुद्दामा साधरण तारेखमा छुटेका प्राध्यापक डा.गोविन्द केसीले अनसनलाई निरन्तरता दिने बताएका छन् । प्रधानन्यायधीश गोपाल पराजुलीले राजिनामा नदिएसम्म आफुले अनसन जारी राख्ने समेत उनले बताए ।

डा केसीका प्रतिनिधि अभिषेकराज सिंहका अनुसार केसीले शिक्षण अस्पतालमै अनसनलाई निरन्तता दिएका छन् । उनले भने, ‘म पनि सँगे छु ।’ उनले प्रधानन्यायाधीशको राजीनामाको विषयमात्रै केसीको माग नभएको र सरकारले पूरा गर्नु पर्ने अन्य मागहरु पनि रहेकाले अनसन जारी रहने सुनाए ।

अदालतको आदेशपछि डा. केसीको प्रतिक्रिया के हो ? डा. केसीले बोलका कुरा सुनाउँदै उनले भने, ‘डा. केसीले अदालतको आदेश सम्मानजनक भन्नु भएको छ । तर, प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्र झिकाएकाले उहाँमाथि छानविन हुँदा कार्यसम्पादनमा सरिक नभई छानविनमा सघाउन भन्नु भएको छ ।’ मुद्दाको अन्तिम किनारा नलागेसम्म विदामा बसेर सहयोग गर्न केसीले भनेको सिंहले सुनाए ।

प्रधानन्याधीश पराजुलीको नेतृत्वमा भएका फैसलाले चिकित्सा क्षेत्रमा हस्तक्षेप भएको भन्दै राजीनामाको माग राखेर डा. केसीले अनसन सोमबार अनसन सुरु गरेका थिए । अदालतबाट तारेखमा छुटेलगत्तै डा.केसी शिक्षण अस्पताल पुगेर अनसन नियमित गरे ।

केसीको मुद्दा पेशी फागुन ८ गतेका लागि तोकिएको छ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीको जिम्मेवारीमा डा.केसी छुटेका छन् । वरिष्ठ अधिवक्ता भण्डारीले डा.केसीको पक्षमा बहस गरेका थिए ।
थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले तारेखमा छाड्ने आदेश दिएको हो ।  

चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डिन नियुक्तिसम्बन्धि अदालतको फैसलालाई लिएर अदालतको अवहेलना गरेको भन्दै सोमबार अदालतकै आदेशमा सोमबार प्रहरीले अनसनस्थलबाट पक्राउ गरेको थियो ।

वुधबार बहसपछि सर्वाेच्चले प्रधानन्यायधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकता झिकाउने आदेश दिएको छ ।

पराजुली र केसी दुबैमाथि छानविन
अधिवक्ता ओमप्रकाश अर्यालले केसीले सर्वोच्चको आदेश सकारात्मक रहेको बताएको सुनाए । उनले भने, ‘यसलाई दुवैतिरबाट लिनु पर्छ । मुद्दा टुंगिएको छैन । अब प्रधानन्यायाधीश पनि छानविनमा तानिनु भयो । उहाँ र केसी दुवैबारे छानविन हुने भयो ।’ छानविन अवधिभर प्रधानन्यायाधीशले काम गर्न नपाउने हो ? जवाफमा उनले भने, ‘नैतिक प्रश्न उठ्यो । उहाँको शैशिक योग्यताको प्रमाणपत्रबारे छानविन हुने भयो ।’ एकातिर राजीनामालाई लिएर अनसन र अर्कोतिर छानविन छ, यो विषयमा उहाँ आफैले उपयुक्त निर्णय लिने कुरा हो, अर्यालले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ