arrow

डोल्पामा भीषण आगलागी सात घर जलेर नष्ट

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
fire.jpeg

दुनै । डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । 

आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी रातिसम्मै जारी रहेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए ।  

प्रहरी र विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्तरुपमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । 

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिए । 

आगलागी कसरी भयो भन्ने कुनै जानकारी नआएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ