वडाध्यक्षहरुलाई सक्रिय गराउन चिरिबाबुको जुक्ति, दिए यस्तो जिम्मेवारी
प्रकाशित २०७४ पुष २७ बिहिबार
168
Shares
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काममा चुस्तता ल्याउनको लागि महानगरपालिकाका वडाध्यक्षहरुलाई सक्रिय गराएका छन् । वडाको काममा व्यस्त हुने वडाध्यक्षहरुले आफ्नो जिम्मेवारी वडामा मात्रै सीमित भएको अनुभव गर्न थालेपछि महानगर कार्यपालिकाका सदस्यको हैसियतले विभिन्न समितिहरु गठन गरी वडाध्यक्षहरुलाई नै त्यस्ता समितिको संयोजक तोकेर काम अघि बढाएका छन् ।
कूल ७ वटा समिति गठन गरिएकोमा अहिलेसम्म कुनैपनि समितिले पहिलो बैठक पनि बोलाउन भ्याएका भने छैनन् । बुधबार भन्दा अघिल्लो पटक बसेको महानगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको थियो । जस अन्तर्गत् माओवादी केन्द्रको तर्फबाट वडाध्यक्ष बनेका रविन्द्र महर्जन आर्थिक समितिको संयोजक बनेका छन् । यस भित्र राजश्व लेखा लगायतका शाखाहरु पर्ने महानगरपालिकाले जनाएको छ । यस बाहेक पूर्वाधार, प्रशासन, वातावरण लगायत महानगरपालिकाका विभिन्न शाखाहरुलाई समेट्ने गरी समिति गठन गरिएको छ
यसले महानगरपालिकामा सेवाग्राहीलाई सहजता सिर्जना हुनेसँगै वडाध्यक्षहरुले पनि आफ्नो जिम्मेवारी वडाप्रतिमात्रै छ भन्ने भ्रमबाट मुक्त हुने अपेक्षा महानगरपालिकाको छ ।