arrow

गोविन्द केसीले फेरि भने, 'पराजुली प्रधानन्यायाधीस भएसम्म मुद्दा निष्पक्ष हुँदैन'

सत्याग्रह जारी राख्ने

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
@ KC.jpg.jpeg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा गोविन्द केसीले फेरि पनि सर्वाेच्च अदालतमा गोपाल पराजुली प्रधानन्यायाधीस भएसम्म मुद्दा निष्पक्ष नहुने दाबी गरेका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै पराजुली सो पदमा वहाल रहेसम्म ती मुद्दा निष्पक्ष रुपमा अगाडि नबढ्ने र न्याय सम्पादन प्रभावित हुने देखिएकोले आफूले पौष २४ गतेको प्रेस विज्ञप्तिमार्फत् गोपाल पराजुलीको राजीनामा माग गरेको स्पष्ट पारेका छन् । उनले अब न्यायालयभित्रकै न्यायिक प्रक्रियाले त्यो मागलाई पुष्टि गरेको भन्दै पराजुली कुनैपनि अवस्थामा देशको प्रमुख न्यायालयको प्रमुख पदमा बस्न योग्य नरहेको पुष्टि गरेका हुन् । 

डा केसीले प्रधानन्यायधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु समेत झिकाउनु  भन्ने आदेश दिएको र निवेदक प्रा डा शशी शर्मा विपक्षी त्रिवि कुलपति तथा प्रधानमन्त्री समेत भएको ०७०–ध्इ–०५७१को मुद्धामा मिति २०७४।९।२३ को फैसलासहितको मिसिल झिकाइ साथै राख्नु भन्ने आदेश जारी भएको उल्लेख गर्दै यो न्यायिक आदेशको आफूले प्रशंसा गर्ने बताए ।  

'मेरो अदालतप्रतिको सम्मान र निष्ठा सधैं उँच्चो छ र पौष २६ मा भएको उक्त आदेशले मैले प्रधान न्यायधीश गोपाल पराजुलीको सम्बन्धमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिएर अदालतले निज प्रधान न्यायधीशलाई न्यायिक छानविनको दायरामा राखेको न्यायिक आदेशको म प्रशंसा गर्दछु । र न्यायिक छानविनपश्चात सत्य र तथ्यगत रुपमा निर्णय हुने कुरामा म विश्वस्त छु ।' डा केसीले विज्ञप्तीमा भने 'निज पराजुलीको आधारभुत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानविन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ । निज पदमा वहाल रहेसम्म ती मुद्दा निष्पक्ष रुपमा अगाडि नबढ्ने र न्याय सम्पादन प्रभावित हुने देखिन्छ । त्यसैले हामीले पौष २४ गतेको प्रेस विज्ञप्तिमार्फत् गोपाल पराजुलीको राजीनामा माग गरेकोमा अब न्यायालयभित्रकै न्यायिक प्रक्रियाले त्यो मागलाई पुष्टि गरेको छ ।'

उनले यस बाहेक पनि सत्याग्रहका क्रममा राखेका मागहरुमध्ये बाँकी बुँदाहरु अहिलेसम्म सम्बोधन नभएकोले सत्याग्रह जारी राख्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ