arrow

दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सक्रियता बढ्यो, माओवादीलार्इ पनि फकाउने प्रयास

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
Bidhya.jpg.jpeg

काठमाडौं । कार्यकाल सकिनै लाग्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता ह्वात्तै बढेको छ । राष्ट्रपति भण्डारीले दोश्रो कार्यकाल पुनः दोहोरिनका लागि यतिबेला आफ्नो सक्रियतालाई तीब्र पारेकी छिन् । बाम गठबन्धनका दोस्रो तहका नेताहरु नै प्रभावकारी रहेको समयमा राष्ट्रपति भण्डारीले नेताहरु भोज खुवाएकी थिइन् । यस अघिसम्म एमाले भित्र आफू नजिकका नेताहरु मार्फत दबाव बढाएकी भण्डारीले माओवादी भित्र पनि पहुँच विस्तार गरेकी छिन् । बाम गठबन्धनका दोश्रो तहका नेताहरुलाई शितल निवासमै रात्री भोज खुवाएर भण्डारीले राष्ट्रपति दोहोरिने वातावरण बनाउन खोजेकी हुन् । 

अहिले एमालेभित्र राष्ट्रपति र उपराष्ट्रपति मध्य एक जना महिला हुँदा मुलुकको गरिमा पनि बढ्ने भन्दै एमालेका ओली पक्षीय नेताहरु अहिलेकै राष्ट्रपति र उपराष्ट्रपति अहिलेकै व्यक्तिलार्इ निरन्तरता दिन लविइङ गरिरहेका छन् ।

उच्च श्रोतका अनुसार भण्डारीले गत साता शितल निवासमा रात्री भोजको आयोजना गरेकी थिइन् । भोजमा एमाले र माओवादीका दोश्रो तहका नेताहरुको सहभागीता रहेको थियो । सो क्रममा राष्ट्रपति भण्डारीले आफुलाई पुनः राष्ट्रपति बनाउन सहयोग मागेकी थिइन् । भोजमा एमालेका तर्फबाट उपाध्यक्ष भिम रावल, महासचिव इश्वर पोखरेल, पुर्व सभामुख सुभाषचन्द्र नेम्बाङ, उप महासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली र शंकर पोखरेल सहभागी थिए । 

माओवादी केन्द्रका तर्फबाट भने कृष्ण बहादुर महरा, जनार्दन शर्मा, बर्षमान पुन र शक्ति बस्नेतसहितका नेताहरु सहभागी रहेका थिए । पछिल्लो समय एमाले बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री भलनाथ खनालले राष्ट्रपति बन्ने इच्छा देखाएका छन् । 

खनाललाई रोकेर भण्डारीलाई पुनः राष्ट्रपति बनाउन सकिएमा सम्पुर्ण राजकिय शक्ति आफ्नो हातमा रहने योजनासहित ओली निकटका नेताहरु सक्रिय बनेको एमाले श्रोतले बतायो । शीतल निवासमा भोज खान पुगेको सबै एमाले नेताहरु ओली निकट हुन् । माओवादी भित्र पनि प्रचण्डको नजिक रहेका नेताहरु नै शितल निवास पुगेका थिए । माओवादी केन्द्रका नेताहरुले भने भण्डारीलाई पार्टीमा छलफल गर्नुपर्ने र गठबन्धनमा नेता व्यवस्थापन तथा शक्ति बाडफाँटका आधारमा मात्रै राष्ट्रपतिको टुंगो लाग्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ