arrow

'पारी चितुवा करायो, वारी सिगारी हरायो' : नेम्वाङ

logo
प्रकाशित २०७४ पुष २९ शनिबार
Subash-chandra-negmang.png

काठमाडौं । पूर्व सभामुख  तथा एमाले नेता सुवासचन्द्र नेम्वाङले कांग्रेसले सत्ता हस्तान्तरण गर्ने नचहाएको बताएका छन् । दोलखाबाट निर्वाचित प्रदेश र प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा नेता नेम्वाङले  प्रधानमन्त्री र कांग्रेस नेताहरुको पछिल्लो अभिव्यक्तिले त्यही संकेत गरेको बताए ।

नेम्वाङले प्रधानमन्त्री स्वयंमले वामपन्थी गठबन्धनकै नेतालाई पाँच वर्ष सरकार चलान भनेको बताए ।  त्यसको केहि दिनपछि अर्का नेताले वामपन्थी गठबन्धन नटुटाई छाड्दै छाडि्दनँ भने । उनले भने 'अहिले आएर प्रधानमन्त्रीले नेपालमा जे पनि हुनसक्छ, सरकार बन्छ, एमाले बाहेक अरुको पनिबन्नसक्छ भने ।  यो भनेको पारी चितुवा करायो, बारी सिगारी हरायो भयो कि भएन ? उनिहरु सरकार हस्तान्तरण नगर्ने र बाम गठबन्धन टुटाउनेतर्फ लागेको त होइन ?’

 वाम गठबन्धन जनताबाट अनुमोदित भईसकेकाले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने बताए । एमाले अध्यक्ष केपी ओली बैंककबाट फर्किएपछि थप कार्यदल बन्ने र पार्टी एकता हुने उनले सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ