arrow

दुई छोरीका साथमा प्रचण्ड पत्नी भारत हानिइन्

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
sita_dahal.jpg

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता उपचारका लागि भारत गएकी छन् । माओवादी केन्द्रकी सल्लाहकार समेत रहेकी सीता दाहाल उपचारका लागि आइतबार विहान भारत गएको अध्यक्ष दाहालका निजी सचिव मनहरि तिमिल्सिनाले जानकारी दिए ।

नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएकी सीता दाहाललाई अस्पतालले नै भारत जान सुझाएको हो । केही समययता दाहाल पत्नी सीतालाई सुगर, प्रेसर, थाइराइड लगायतका रोगले सताइरहेको छ । उनको साथमा दुई छोरी रेणु दाहाल र गंगा दाहाल गएका छन् । रेणु भरतपुर महानगरकी मेयर समेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ