arrow

जाजकोटमा ‘मृत्यु’को कथा अर्कै : मृत्यु १३, भाइरलको शंका जम्मा एक जनामा ! (कुराकानीसहित)

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
jajarkot_news1.JPG

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग भाइरल एन्फ्लुएन्जा भएको पुष्टी भएको छ । काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा विरामीको नमुना परीक्षणपछि यो पुष्टी भएको हो । प्रयोगशालामा विरामीको खकार, सिंगान र र्‍याल परीक्षण गर्दा ‘क’ समूहको एच थ्री एन टु भाइरस देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ५ नमुना मध्ये एउटामा यो जीवाणु फेला परेको बताइएको छ । जाजरकोटको वास्तविक अवस्था के हो त ? हामीले जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका जनस्वास्थ्य प्रमुख राम बहादुर नेपालीलाई सोधेकाछौँ ।

० जाजरकोटमा अहिलेसम्म कति जनाको मृत्यु भयो ?
–अहिलेसम्म विभिन्न मितिमा विभिन्न कारणले १३ जनाको मृत्यु भएको हामीले रिपोर्ट गरेका छौँ । मौसमी रुघाखोकीबाट शंकास्पद मृत्यु भने एक जनाको मात्रै भएको छ ।

० मौसमी रुघाखोकीबाट एक जनाको मात्रै मृत्यु भयो ?
–हो ।
० अन्यको मृत्युको कारण ?
–जब मृत्युको खबर आयो, हामीले स्वास्थ्यकर्मी र मेडिकल अधिकृतहरुलाई मृतकको घर–घरमा पठाएर सम्पूर्ण विवरण लिन लगायौँ । मृत्युको सम्भावित कारण के हो ? भनेर खोजी जीति गर्‍यौँ । जसबाट विभिन्न कारणहरु देखिए । प्रकोप फैलिएको जानकारी पुस २० गते मात्रै आयो । स्वास्थ्यचौकीमा विरामी आउने दरको आँकडालाई केलाउँदा १२ पुसबाट प्रकोप फैलिएको देखियो । मृतकहरुको संख्या यकिन गर्दा मंसिरको ८ गते, २२ गते, मंसिरको २७ गते,, यसरी पुराना घटनाक्रम पनि मृतकको संख्यामा जोडिन आएको छ । प्रकोप फैलिएको समयपछि जुन हामीले आउट ब्रेक भनेर भन्यौँ त्यस यता ६ जनाको मात्रै मृत्यु भएको छ । त्यसमा विभिन्न कारणहरु छ । मृत्युका कारण खोज्दा यदी विरामीमा मृत्यु अघि मौसमी रुघाखोकीका लक्षण थिए भने त्यसको असरले हो भन्ने हामीले आशंका गर्‍यौँ । कोही दमका रोगी, मुटुको समस्या भएकाहरुको मृत्यु भएको छ । अन्यको सम्भावित कारण हामीले यसरी नै दिएका छौँ ।

० तपाईहरुले जानकारी पाउनु अघि नै कसैको मृत्यु भइसकेको थियो ?
–मैले भने नि, मंसिर महिनामा भएका मृत्युहरुपनि जोडिएका छन् ।

० उसो भए, दीर्घ रोगी र बालबालिका नै यसको बढी मारमा परे ?
–हो, दीर्घ रोगीलाई इन्फ्लुएन्जा र रुघाखोकीले असर गर्छं ।  बच्चाहरु, पोषण नपुगेकाहरु, दीर्घ रोगीहरुलाई अलिक हुन्छ नै । अन्य सामान्य मान्छेहरुलाई यो सामान्य नै रहन्छ । ८–१० दिनमा केही नगर्दा पनि ठीक हुन्छ । दीर्घरोगी र बालबालिकालाई जटिलता उत्पन्न गर्छ ।
० रोग नियन्त्रण महाशाखाले पाँच नमुना परीक्षण गरेको मध्ये एउटामा इन्फ्लुएन्जाको जीवाणु भेटियो भनेको छ, विरामी भएकाहरुमा पनि हुन सक्ने सम्भावना रहयो हैन ?
–त्यो सम्भावना त रहयो ।

० कति जना विरामी छन् ?
–हामीले अहिलेसम्म उपचार गरेको (शनिबारसम्म) १७ सय ६७ जना को तथ्याङ्क छ ।

० उपचार गरेकाहरुको अवस्था के छ ?
–हाम्रो मेडिकल अधिकृतहरुसहित १७ जनाको टोली जुनीचाँदे गाउँपालिकामा खटिएको छ । एक जना बाल रोग विशेषज्ञ नै खटिनु भएको छ । उहाँहरुले पहिले देखि नै के भनिरहनु भएको छ भने, धेरैलाई ज्वरो पनि छैन । मैले १७ सय ६७ जनाको उपचार भयो भन्दा बाहिर यति धेरै संख्या भन्ने देखिएला तर, यो सामान्य रुघाखोकीका विरामी हुन् । उहाँहरुले त्यही रिपोर्ट गरिरहनु भएको छ । सिकिस्त भएर बोकेर ल्याउनु पर्ने, त्रास दिने खालको पहिले पनि थिएन र अहिले पनि छैन ।  

० समाचार त सामान्य हो भन्ने आएनन् नि ?
–नम्बरमा सुन्दा धेरै जनाको मृत्यु भयो भन्ने देखियो । १३ जनाको मृत्यु भन्दा त्रास जस्तो देखियो । यसले हामीलाई बढी संवेदशील भने बनायो । पछि हामीले मृत्युका कारण खोज्दै गयौँ । त्यसमा पहिले मृत्यु भएको आँकडा पनि जाडिएको भेटियो । दैनिक विवरणहरु आउन थाले । विरामी परेकाको संख्याबाट त्रसित हुने हो । शिविरमा दिनमा तीन चार सय मान्छेहरु जाँच्दा कति चैं सिकिस्त विरामी हुन भन्ने कुरा प्रमुख हो । सिकिस्तको संख्या धेरै भएपछि हामीलाई बढी चिन्ता हुने हो । नामै सिजनल फ्लु भनेकाले सामान्य विरामी त हुन्छन् नै । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ