arrow

प्रदेश प्रमुख नतोकिए आयोग अघि वढ्न वाध्य : यादव

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ माघ १ सोमबार
ayodhi1.jpg

विराटनगर । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले  माघ ७ गतेसम्म पनि प्रदेश प्रमुख नतोकिए माघ २४ गते हुने राष्ट्रसभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग अघि वढन वाध्य हुने वताएका छन् ।  क्षेत्रिय निर्वाचन कार्यालयको नवनिर्मित भवनको सोमवार विराटनगरमा उद्घाटन गर्दै उनले प्रदेश प्रमुख नतोकिदा निर्वाचन  सम्वन्धि कानुनी जटिल्ता उत्तपन्न भएकाले चाडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरे।
 
उनले प्रदेशप्रमुख नियुक्तिका लागी निर्वाचन आयोगले सरकारलाई पटकपटक आग्रह गरिरहेकाले प्रदेश प्रमुखको नियुक्तिमा ढिलाई नर्गन सरकारसंग आग्रह समेत गरे। उनले प्रदेश प्रमुख नतोकिदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सुचि वुझाउने तथा प्रदेशसभा सदस्यहरुले कसरी सपथ लिने भन्ने विषयमा समस्या भएको बताए ।
 
 उनले निर्वाचन आयोग संविधान सम्वद अगाडी वढि रहेकाले यसप्रति शंखा नर्गन आग्रह गरे। प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आयोग कसैको पंक्षमा नभएको भन्दै निर्वाचन आयोगलाई निर्वाद  रुपमा कामगर्न दिनुपर्ने वताए ।

 राष्ट्रसभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभा पुर्ण नहुने उनको भनाई थियो । उनले राष्ट्रसभाको निर्वाचन सम्पर्कका लागी निर्वाचन आयोग निर्वाचन  सम्वन्धि प्रक्रिया अगाडि वढाई रहेकाले त्यसका लागी सवैको  सहयोग अपरिहार्य रहेको वताए ।

 प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आयोगलाई शक्तिसाली वनाउने निर्वाचन आयोगलेनै निर्वाचनको मिति घोषणागर्न दिनुपर्ने वताए । नेपाल सकारको निर्माण गरेको उक्त भवनको लागत १ करोड ४५ लाख  रुपैया रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ