मोटरसाइकल कलभर्टमा ठोक्किँदा मोरङको झपडतलमा दुई जनाको घटनास्थलमै मृत्यु
किरण न्यौपाने।
प्रकाशित २०७४ माघ २ मंगलबार
863
Shares
रंगेली । मोरङको सुनवर्षि नगरपालिका ६ झपडतलमा मंगलबार राति ८ बजे भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सुनवर्षि नगरपालिका ८ कुडेली बस्ने ३० वर्षिय दिपक कामत र २० वर्षिय बालकृष्ण मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुुसार सुनवर्षि नगरपालिका ६ स्थित ग्रामिण सडक खण्डमा उनीहरु सवार को २९ प ३६५६ नम्बरको मोटरसाइकलमा अनियन्त्रित भई कलभर्टमा ठोक्किँदा दुर्घटना भएको जनाएको छ ।