arrow

पूर्वराजाको सुर्खेत यात्रा, तयारी यस्तो 

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
Gyanendra-shaha.jpg.jpeg

नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार बिहान सुर्खेत जाँदैछन् । शाह बिहान ११ः३० बजे देउती बजै दर्शनका लागि सुर्खेत पुग्न लागेका हुन् । 

नेपालगञ्जको सोल्टी होटलमा रहेका पूर्वराजालाई स्वागत गर्नका लागि ५१ सदस्यीय समिति नै गठन गरिएको छ । 

पूर्वराजाले देउती दर्शनपछि स्थानीयसंग पनि छलफल गर्ने बताइएको छ । 

पुस १३ गते काठमाडौं छाडेका पूर्वराजाले सुदूरपश्चिम र मध्यपश्चिम भ्रमण गर्नुका साथै पाँच दिन भारतमा समेत समय बिताएका छन् । 

स्थानीयले ‘राजा आउ देश बचाउ’ भन्ने नारा लगाएपछि शाह उत्साहित हुने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ