arrow

वाम गठबन्धनले राष्ट्रिय सभाको उम्मेदवार बाँड्यो : ४३ मा एमाले २९, माओवादी १४

बाँकी १३ सिटमा अन्य दलसँग छलफल गर्ने

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
bam_gathabandhan.JPG

काठमाडौं । वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा उम्मेदवार भागबण्डाको खाका तयार पारेका छन् ।

वुधबार सकेको कार्यदल बैठकले सातै प्रदेशमा राष्ट्रिय सभामा उम्मेदवारी दिने र सहकार्य गर्ने खाका सहितको सुझाव सर्वसम्मतिले पारित गरेको हो ।

बैठकपछि कार्यदलका संयुक्त कार्यदलका संयोजक सुवास नेम्बाङले हाम्राकुरालाई भने, ‘७ वटा प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि साझा उम्मेदवार उठाउने विषयको सुझाव पारित गरेका छौँ । यो सुझाव अब केन्द्रीय एकता संयोजन समितिमा पेश हुन्छ । र, त्यहाँबाट अनुमोदन हुन्छ ।’

सात प्रदेशभाट निर्वाचित हुने ५६ सिटमध्ये शतप्रतिशत जित हासिल गर्ने जिकिरका साथ वाम गठबन्धनले ४३ सिटमा उमेदवारी दिने र त्यसमा  एमाले २९ र माओवादी केन्द्रबाट १४ उमेदवार रहने नेम्वाङले बताए । यस्तै, बैठकले बाँकी रहेका अन्य १३ सिटका लागि अन्य दलसँग छलफल गर्ने निर्णय पनि गरेको नेता नेम्बाङले सुनाए ।

उमेदवार छान्न ४ वटा आधार बनाइएको छ । पार्टीले प्राप्त गरेको मत, एकताको स्प्रिट, दुवै पार्टीबाट आवश्यकता र औचित्यका आधारमा सन्तुलन मिलाएर टिकट दिइने नेम्बाङले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ