प्रदेशको अस्थायी मुकाम तोक्ने सरकारको निर्णयको विरोध
प्रकाशित २०७४ माघ ३ बुधबार
305
Shares
काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद बैठकले १ नम्वर प्रदेशको मुकाम विराटनगर तोकेमा राजधानी काठमाडौं लगायत धनकुटामा विरोध गर्दै निर्णय फिर्ता लिई धनकुटालाई तोक्न माग गरेका छन् ।
मन्त्रिपरिषद बैठकले प्रदेश नम्वर १ को प्रदेश प्रमुखको कार्यस्थल विराटनगर तोक्ने निर्णय गरेको लगत्तै प्रधानमन्त्रि शेरवहादुर देउवाको सकारी निवास बालुवाटार अगाडी प्रादेशिक राजधानी धनकुटा अभियान समितिले विरोध प्रर्दन गरी नारावाजी गरेको हो । भने उता धनकुटामा पनि व्यापक विरोध गर्दै विरोध प्रर्दशन गरेको छ ।
बालुवाटार अगाडी भएको विरोध प्रर्दशनमा सरकारले प्रदेश नम्वर १ को प्रमुखको कार्यस्थल विराटनगर तोकेमा तत्काल फिर्ता लिई धनकुटालाई तोक्नका लागी आग्रह गरिएको अभियान समिति तथा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।
मन्त्रि परिषदको बैठकले धनकुटालाई प्रदेश नम्वर १ को राजधानी नतोकी अन्यत्रै तोक्ने निर्णय गरेकोमा त्यसको विरोध गर्दै भोली माघ ४ गते माईतीघर मण्डेलामा दिउसो १ बजे देखी विरोध प्रर्दशन गर्ने र धनकुटामा पनि अनिश्चितकालिन आमहड्ताल घोषणा गरेकोले सवैलाई उपस्थित भै दिन हनु समेत नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताए ।
विरोध कार्यक्रममा प्रदेश सभाका सांसद कुसुम कुमारी श्रेष्ठ,पूर्व सांसद मनोहर नारायण श्रेष्ठ,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,नेपाल आदीवासी जनजाती महासंघका केन्द्रिउ उपाध्यक्ष सोनाम छिरिङ्ग लामा लगायतले सरकारले धनकुटार्ला प्रदेश नम्वर १ को अस्थायी राजधानी नतोकी अन्यन्त्र प्रदेश प्रमुखको कार्यस्थल तोक्ने निर्णय गरेकोमा तत्काल फिताई लिई धनकुटालाई तोक्ने आग्रह गर्दै यसको विरोधमा सशक्त आन्दोलन गर्ने चेतावानी दिएका छन । बुधवार विहान मात्र धनकुटालाई एक नम्वर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै बालुवाटारमा धर्ना लिएको अभियान समितिले साझ सरकारको निर्णयको विरोध समेत गरेको छ । सो अवसरकम उद्योग मन्त्री सुनिल वहादुर थापाको पनि उपस्थिति रहेको थियो ।