सरकारले अस्थायी राजधानी तोक्दै गर्दा उता पूर्वराजा सुर्खेतमा गुनासो सुन्दै थिए
प्रकाशित २०७४ माघ ३ बुधबार
260
Shares
काठमाडौं । सरकारले निकै ढिला गरी प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्दै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह भने सुर्खेतमा स्थानीयको दुःख व्यथा सुन्दै थिए ।
बुधबार दिउँसो झण्डै अढाइ घण्टा पूर्व राजाले सुर्खेतमा बिताए । उनले सुरुआतमा सुर्खेतको देउती बजै गएर दर्शन गरे । झण्डै एक किलोमिटर अगाडिदेखि पैदल यात्रा गर्दै उनी त्यहाँ पुगेका थिए ।
उक्त क्रममा पैदलयात्रामा स्थानीय सर्वसाधारणले उनको भब्य स्वागत गरेका थिए । हजारौंको भीडले पूर्वराजालाई स्वागत गरेको थियो ।
सुर्खेत भ्रमणलाई भव्य पार्नका लागि ५१ सदस्यीय समिति नै गठन गरिएको थियो ।
पुस १३ गते काठमाडौं छाडेका पूर्वराजाले सुदूरपश्चिम र मध्यपश्चिम भ्रमण गर्नुका साथै पाँच दिन भारतमा समेत समय बिताएका छन् ।
स्थानीयले ‘राजा आउ देश बचाउ’ भन्ने नारा लगाएपछि शाह उत्साहित हुने गरेका छन् ।
सुर्खेत भ्रमण सबैभन्दा भब्य भएको भन्दै पूर्व राजा उत्साहित भएका छन् ।
सर्वसाधारणले नेताहरुबाट देश नचल्ने भन्दै अब जसरी पनि देश सम्हाल्न आग्रह गरेका छन् ।
पूर्वराजाले भ्रमणका क्रममा सर्वसाधारणका भनाइ र विचारलाई चाख राखेर सुनिरहेका छन् ।