arrow

भारतीय सेनाध्यक्ष भन्छन् – 'डोक्लाममा चिनियाँ सेना बस्नु ठूलो कुरा हैन' 

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
bipin_raut.jpg

काठमाडौं । सिक्किम सेक्टरको डोकलाम इलाकामा चिनियाँ सैनिक पुगेको विषयमा भारतीय सेनाले हल्का टिप्पणी गरेको छ । सो विषयमा भारतीय सेनाका प्रमुख जनरल विपिन रावतले बुधवार यो कुनै ठूलो विषय नभएको भन्दै हल्का टिप्पणी गरेका हुन् । 'रायसीना डायलग' को एक कार्यक्रममा सेना प्रमुखले भने कि 'डोकलामको एक हिस्सामा चिनियाँ सेना बसेका हुन् । तर उनीहरुको स‌ंख्या एकदमै कम छ । उनले चिनियाँ सैनिकले पूर्वाधार विकासको केही काम गरेको छ । तर, ती सबै कामहरु अस्थायी प्रकृतिका छन् ।’ उनले दुबै देशको सम्बन्ध डोक्लाम भन्दा पहिलेको जस्तै हुने पनि स्पष्ट पारे । 

सेना प्रमुख रावतका अनुसार सीमानामा चिनियाँ सैनिकहरुको केही निर्माण उपकरण रहेको छ । उनले चीसोको कारण उनीहरुले ती सामग्री लैजान नसकेका पनि हुनसक्ने टिप्पणी गरेका छन् । उनले भारतीय सेना पनि त्यहाँ रहेको भन्दै दूर्नियतले चिनियाँ सेना आएभने भारतीय सेनाले पनि सामना गर्न तयार रहेको प्रतिक्रिया दिएको खबर नभभारत टाईम्समा उल्लेख छ ।

उनले दुईदेशबीचको तनाव कम गर्ने मेकानिजमको तारिफ गर्दै भनेका छन् ‘‘डोक्लाम’ पछि दुई देश बीचको तनाव कम गर्ने मेकानिजमले बहुत काम गरिरहेको छ । यही मेकानिजमले दुईदेशबीचको सैनिकहरुबीच संवाद आदानप्रदान भईरहेको छ ।’ उनले भनेका छन् ‘हामीले बोर्डर पर्साेनेल मिटिङ सुरु गरेका छौं हामी अहिले नियमित मिटिङ गर्ने गरेका छौं । अहिले ग्राउण्ड लेभलमा कमाण्डोहरुबीच नियमित संवाद भईरहेको छ । दुईदेशबीचको सम्बन्ध त्यसैले अब ‘डोक्लाम’ भन्दा पहिलेको जस्तै हुन्छ ।’ 

यस भन्दा पहिले चीन विरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका रावतले अहिले भने चीनप्रति नरम अभिव्यक्ति दिएका हुन । यस अघि उनले भनेका थिए कि चीन एकदमै ताकतदार देश हो । तर, भारत पनि कमजोर देश हैन । अहिलेसम्म पाकिस्तानतिर नजर राखेको भारतले अब चिनियाँ सीमाना तिर पनि ध्यान दिनुपर्ने भएको छ । उनको सो अभिव्यक्तिलाई चीनले निराशाजनक अभिव्यक्ति भनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ