arrow

राप्रपा नेपालका सहमहामन्त्री एमालेमा प्रवेश

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
CPN-UML-Flag.jpeg

सल्यान । राप्रपा नेपाल सल्यानका अध्यक्षसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका पार्टी कार्यालय खलंगामा बिहिवारआयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला अध्यक्ष मनोजकुमार सिंहसहित कार्यसमितिका अधिकाँश सदस्य एमालेमा प्रवेश गरेको एमालेका जिल्ला सचिव रमेशकुमार गौतमले जानकारी दिए ।

आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको राप्रपा नेपालका जिल्ला सिंहले भने –“राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाखले साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन त्यही भएर हामीले एमालेमा प्रवेश गर्ने निर्णय गरेका हौँ ।”

नवप्रवेशी सबैलाई पार्टीमा स्वागत गर्दै एमालेका जिल्ला अध्यक्ष गोविन्द पुनले उहाँहरुलाई सम्मानजनकरुपमा व्यवस्थापन गरिने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ