काठमाडौं। रक्षा मन्त्री भीमसेनदास प्रधानले वर्तमान संविधानले सबैलाई एक ठाउँमा जोड्ने काम गरेको बताएका छन् ।
सबै जातजाति र समुदायको भावना अनुसार नै संविधान जारी भएको र संविधानले सबैको संस्कृतीको जगेर्ना गरेको भन्दै मन्त्री प्रधानले संविधानले सबैलाई एक ठाउँ जोड्ने काम गरेको बताएका हुन्।
२८५४ औं सोनम ल्होसारका अवसरमा तारकेश्वर नगरपालिका १ साङ्ला कठेरीमा आयोजित कार्यक्रममा बोल्दै रक्षा मन्त्री प्रधानले वर्तमान संविधानले सबैको संस्कृतिको जगेर्ना गरेको र सबैले ढुक्क साथ आफ्नो संस्कृतीको रक्षा गर्न पाएको बताए।
प्रधानले मुलुकले आर्थिक रुपमा समेत संस्कृतीकै जगेर्ना गर्दै माथी उठ्न सक्ने प्रसस्त सम्भावना रहेकोमा जोड दिए ।
नेपालका धेरै चाड पर्व तथा सांस्कृतिक धरोहरहरु लोप हुने अवस्थामा पुगेको भन्दै मन्त्री प्रधानले त्यस्ता संस्कृतिको जगेर्नाबाट मुलुकलाई विश्वमा चिनाउन मद्धत पुग्नेमा जोड दिए ।
तामाङ समुदायले विहिबार सोनम ल्होसार मनाएका हुन । उनीहरुले चरा वर्गलाई बिदाइ गर्दै कुकुर वर्गको स्वागतमा ल्होसार मनाएको कठेरी युवा क्ल्बकी लक्ष्मी तामाङले जानकारी दिइन ।