arrow

प्रेस स्वतन्त्रताको रक्षाका लागि आफैंलार्इ हराए प्रधानन्यायाधीसले 

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
Supreme-Court-Press-Freedom-PTI.jpg

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीसले बिहीबार आफैं विरुद्धको मु्द्दामा एक न्यायपूर्ण फैसला गरेका छन् । उच्चतम न्यायालयले १२ जनवरीमा भारतीय सर्वोच्च अदालतका ४ न्यायाधीसले पत्रकार सम्मेलन गरी उठाएको मु्द्दाबारे प्रकाशन प्रशारण गर्न रोक लगाउनु पर्ने माग सहितको मुद्दामा प्रधानन्यायाधीस दीपक मिश्राले सुनुवार्इ गर्न इन्कार गरेका हुन् ।

उनले सर्वोच्च अदालतलार्इ राम्रोसँग चलाउन नसकेको लगायतका गम्भीर आरोप लगाएर सर्वोच्चका ४ न्यायाधीसहरुले १२ जनवरीमा पत्रकार सम्मेलन गरेका थिए । भारतको इतिहासमा नै पहिलोपटक भएको यस्तो घटनालार्इ भारतीय मिडियाहरुले गम्भीरताका साथ हेरेका छन् । तर, सो मु्द्दामा समाचार प्रकाशनमा रोक लगाउनको लागि परेको मुद्दामा उनले सुनुवार्इको लागि इन्कार गरेका हुन् ।  

प्रधान न्यायाधीश दीपक मिश्राकै अध्यक्षतामा बसेको इजलासले यस मामलामा शीर्ष अदालतमा दर्ता भएर सुनुवार्इको लागि सूचीबद्ध नभएसम्म यसबारे बहस गर्न नसकिने ठहर गरेको हो । सो मुद्दामा तत्काल मुद्दा सूचीबद्ध गर्न र सुनुवार्इ गर्न माग गरिएको थियो । सो मुद्दामा संस्थालार्इ थप नकारात्मकताबाट बचाउनको लागि तत्कालै आमसञ्चारमाध्यममा समाचार प्रकाशित गर्न रोक लगाउन माग गरिएको थियो ।  

जनवरी १२ को दिन न्यायाधीसहरु जे चेलमेश्वर, रञ्जन गोगोई, मदन बी लोकुर तथा कुरियन जोसेफले एक अप्रत्याशित पत्रकार सम्मेलनमा शीर्ष अदालतको कैंयौं समस्या ‌औंल्याएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ