- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पूर्व डीआइजी तथा एमालेका सांसद नवराज सिलवालले आफूबिरुद्ध राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन् ।
उनले राजनीतिक प्रतिशोध साँध्न शक्तिको दुरुपयोग गरिएको आरोपसमेत लगाएका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमार्फत ट्वीट गर्दै सन्देश छोडेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’
प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी एमालेलाई प्रहार गर्नका लागि आफूमाथि अन्याय गरेको आरोप लगाएका हुन् ।
अदालतमा कीर्ते कागजात प्रस्तुत गरेको आरोपमा अहिले प्रहरीले सिलवाललाई पक्रन सातै प्रदेशमा सर्कुलर जारी गरेको छ।