arrow

पाकिस्तानले गर्यो भारतका ४० चौकीमा आक्रमण, गोलीबारी र मोर्टार फाल्यो

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
India-pakistan.jpeg

श्रीनगर । पाकिस्तानले भारत प्रशासित विवादास्पद स्थल कश्मीरको वरिपरि क्षेत्रमा शुक्रबार बिहान आक्रमण गरेको छ । 

भारतका झण्डै ४० चौकीलाई निशाना बनाइ पाकिस्तानले गरेको आक्रमणमा २ जनाको मृत्यु भएको छ । 

संचारमाध्यमहरुका अनुसार सीमापारमा लगातार गोलीबारी भइरहेको छ । 

घटनामा २ को मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन् । 

पाकिस्तानले आरएस पुरा सेक्टरसंगै कठुवा र सांवा सेक्टरमा सिजफायर भ्वाइलेसन गरेको हो । 

स्थानीय समय अनुसार बिहान ६ः३० बजे जम्मूको आरएसपुरा, अरनिया, रामगढ क्षेत्रमा गोलीबारी भएको हो । 

पाकिस्तानले मोर्टारको पनि प्रयोग गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ