arrow

प्रदेश ३ का कांग्रेस जिल्ला सभापतिहरु ‘गम्भीर गोप्य’ छलफलमा

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
congress-jilla-sabhapati.jpg

काठमाडौं । प्रदेश नम्बर ३ का नेपाली काँग्रेसका जिल्ला सभापतिहरु गोप्य छलफलमा जुटेका छन् । 

काठमाडौंमा जुटेका उनीहरुबीच पछिल्लो राजनीतिक विषयमा छलफल भइरहेको छ । 

भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले समसामयिक विषयमा गोप्य भेलामा रहेको बताए । 

उनले दिवा खानापछि छलफलले अझ गम्भीर रुप लिने बताए । 

नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले स्थानीय तहको निर्वाचनदेखि अहिलेसम्मको अवस्था र काँग्रेसी परिणामलाई लिएर छलफलमा जुटेको बताए । 

उनले काँग्रेस अब कसरी अगाडि बढ्नु पर्छ त भनेर क्षेत्र नम्बर ३ बारे निष्कर्ष निकाल्ने बताए । 

अहिलेको प्रदेशको अस्थायी राजधानीबारे चर्केको बहसको एजेन्डा भने नभएको नेता केसीले बताए पनि थापाले भने यो विषय पनि उठ्ने जानकारी दिए । 

गोप्य छलफलमा धादिङ र ललितपुरका बाहेक क्षेत्र नम्बर ३ का सबै कांग्रेस जिल्ला सभापतिहरु सहभागी छन् । 

धादिङ जिल्लाका सभापति उपस्थित भएनन् भने ललितपुरका जिल्ला सभापति विदेशमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ