arrow

विष्णु पौडेललाई तर्साउँदै कृष्ण महरा : आन्दोलन नरोक्ने

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
krishna-bahadur-mahara-new.jpeg

तुलसीपुर, दाङ । नेकपा माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन् ।  

शुक्रवार दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले थालेको बृहत् सभालाई सम्बोधन गर्दै उनले आन्दोलनको स्वरुप भने परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, “निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहन्छ तर यसको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यक छ । बन्द नगरेर विरोधसभा, ज्ञापनपत्र बुझाउने, कोणसभा गर्ने र निरन्तर दबाब दिनुपर्छ ।’’

राष्ट्रियसभाको निर्वाचन दाङमा नै तोकिएको र सो निर्वाचनलाई लक्षित गरी आन्दोलनको स्वरुप परिवर्तन हुनुपर्ने र ५ नं प्रदेशका सभा सदस्यलाई स्वागत गर्नुपर्ने उनको भनाइ छ ।

नेता महरा काठमाडौँबाट हवाईजहाज चढेर नेपालगञ्जसम्म आए पनि बाक्लो हुस्सुका कारण जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ पुगी हेलिकप्टरबाट दाङ आएका थिए  । लगातार पाँच दिनदेखिको बन्दका कारण दाङको जनजीवन प्रभावित बनेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ