arrow

रानीपोखरी पुनर्निर्माण कार्यदलको प्रतिवेदन मध्यान्ह बुझाइँदै, संयोजक भन्छन् –सबै कंक्रिट निकाल्नुपर्छ भनेका छौं

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
ranipokhari_news.jpg

काठमाडौं । रानीपोखरी पुनर्निर्माण पुरानै मल्लकालीन शैलीमै गर्नुपर्नेसहितको प्रतिवेदन अध्ययन कार्यदलले बुझाउँदैछ । 

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन आइतबार मध्यान्ह १२ बजे राष्ट्रिय सभागृहमा बुझाउने कार्कीले बताए । 

उनले सबै चिज पुरानै शैलीमा पुनर्निर्माण गर्न सुझाव दिइएको बताए । 

उनले ‘महानगरपालिकाले मान्ने नमान्ने उसको कुरा भएको तर आफूहरुले पुरानै शैलीको पुनर्निर्माण गर्नुपर्ने भएकाले अहिलेको कंक्रिट सबै फाल्न सल्लाह दिएका छौं’, भने । 

केही संचारमाध्यममा अहिलेकै सिमेन्टेड शैलीलाई नै कार्यदलले स्वीकृति दिएको र विद्यासुन्दरले जितेको भन्ने समाचार भएको भन्ने सन्दर्भमा उनले भने, ‘कसले के लेख्छन् र के गर्छन् भन्नेमा नजाऔं हामीले स्पष्ट बुझिने गरी नै अहिले बनाएको संरचनामा रानीपोखरी बन्नु नहुने कुरा लेखेका छौं ।’

कार्कीको संयोजकत्वका बनेको विज्ञ टोलीलाई १५ दिनभित्र प्रतिवेदन तयार गर्न भनिए पनि प्रतिवेदन बुझाउने काम भने आइतबार मात्र हुन लागेको हो । 

कार्की भन्छन्, ‘हामीले १५ दिनभित्रै प्रतिवेदन तयार पारेका थियौं, फेरि स्थानीय र अरु विज्ञसंगको पनि विचार लिएर त्यसलाई निखारता दिँदा ढिलाइ भयो, महानगरपालिकाका मेयरको पनि समय लिँदा ढिलो भएको हो ।’

के छ त प्रतिवेदनमा ? 
कार्की भन्छन्, यसको विस्तृत त आइतबारै दिन सकिन्छ, त्यसै दिन मेयरसाब्लाई प्रतिवेदन बुझाउँदै छौं, तर यो लुकाएर लुक्ने चिज होइन, हामी एउटा परिधिमा थियौं, त्यो परिधि नतोडी जानु जरुरी थियो, त्यो परिधिअनुसार प्रतिवेदन बनाउँदा निष्कर्ष पुरानै शैलीको रानीपोखरी बनाउनु पर्छ भन्ने भएको छ ।’

उनले भने, ‘तत्कालीन मल्लकालीन शैलीकै सामग्रीको प दिएपछि मात्र काम अघि बढ्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बताउँछन् ।

 ०७२ साल बैशाख १२ गतेको भूकम्पले तहसनहस पारेको रानीपोखरीको पुनःनिर्माण विवादले काम ठप्प छ । 

बारपाक केन्द्रविन्दू भएको भूकम्पपछि यसको पुनःनिर्माणका लागि दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरेकी थिइन् । 

सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भब्यताका साथ उद्घाटन गरेका थिए । 

त्यो उद्घाटन देख्दा यस्तो लाग्थ्यो कम्युनिष्टहरु तात्दैनन् तातेपछि काम फत्ते गरेरै छोड्छन् । 

दुर्भाग्य पुनःनिर्माणले गति लिन त सकेन नै त्यही शुभारम्भ गरिएको स्थलमा गाईजात्रे छ । 

रानीपोखरी अहिले खण्डहर मरुभूमि बनेको छ । 

पानीको एक थोपा पनि देखिँदैन । बाँझो खेतजस्तै छ । रातारात बालुवा ओसारिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर एवं एमाले नेता विद्यासुन्दर शाक्यले कृत्रिम पोखरी बनाएर क्याफे सञ्चालन गरी सम्पदा मेट्न नै लागेपछि अहिले काम समेत ठप्प छ । 

एक वर्षअघि बालगोपालेश्वर मन्दिरमा सिमेन्ट, छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग गरेर सम्पदा मास्न खोजिएको भन्दै पुरातत्व विभागले पुनःनिर्माणमै रोक लगाएको थियो । 

कंक्रिटको प्रयोगले जमिनमुनीको पानीसमेत आउन नपाउने भन्दै पुरातत्व विभागले त्यसमा पूर्ण रोक लगाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ