राजसंस्था र गणतान्त्रिक कम्युनिष्ट सरकार, पूर्वराजा शाह ओलीको गाउँमा
प्रकाशित २०७४ माघ ७ आइतबार
634
Shares
काठमाडौं । छिनछिनको राजनीतिक उतारचढावलाई हेर्ने हो भने मुलुकमा जुनसुकै बेला जस्तोसुकै राजनीतिक परिवर्तन हुनसक्छ । प्रसंग हो, नेपालमा राजसंस्था पुनर्स्थापित हुने बहसको । यो बहस अहिले भित्रभित्रै निकै बढेको छ ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको लखनउ भ्रमण, पूर्वयुवराज्ञी हिमानी शाहको बैंकक भ्रमण संगसंगै आएको राजनीतिक तरंगले नेपालमा राजसंस्था फेरि फर्कने होकी भनेर भित्र भित्रै मुख मिठ्याएर बस्नेहरुको पनि कमी छैन।
नेताहरु बेइमान भएको र भ्रष्टाचार बढाएर सुशासनको धज्जी उडाएको आरोप लागिरहँदा राजसंस्थाको बारेमा सकारात्मक चर्चाहरु गरिन थालिएका छन्।
त्यतिलेमात्र नेपालमा राजसंस्था आउने छैन । त्यो त राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिक शक्तिको इच्छाशक्तिमा पनि भर पर्छ ।
आजकल कम्बोडियाको उदाहरण दिन थालिएको छ । कम्बोडियामा कम्युनिष्ट शासन पनि छ र राजसंस्था पनि छ ।
त्यसैले त एकातिर ज्ञानेन्द्र शाह र अर्कातिर केपी शर्मा ओली हुँदा केही फरक नपर्ने बताउन थालिएको छ ।
ओली उदार छन् । उनले स्थानीय तहको निर्वाचन अघि नै पूर्वराजाका दूतहरुसंग भेटेरै हरियो झण्डा देखाएका थिए । राजावादीहरुको मत कमल थापालाई भन्दा पनि एमालेलाई, कमल थापाले काँग्रेससँग मिलेपनि मत भने एमालेलाई जानु पछाडीको कारण यसलाई मानिन्छ।
एमालेका अरु शिर्ष नेता पनि यसबारे जानकार छन् । यसबारे एक एमालेका उच्च नेता भन्छन्, ‘समयले हामीलाई जुनसुकै मोडमा पुर्याउन सक्नेछ ।’
शाहले लखनउमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग गम्भीर वार्ता गरेका थिए । त्यसबाट राजावादीहरु बढी आशावादी छन् ।
त्यहाँबाट फर्केपछि त ज्ञानेन्द्र शाहले पश्चिम क्षेत्रका नेता तथा देशप्रेमीबाट सुझाव र सल्लाहसमेत लिइसकेका छन् ।
अनि यो प्रसङगमा चीन पनि सकारात्मक देखिएको स्रोतको दावी छ । यसक्रममा पूर्व यूवराज्ञी हिमानी शाहको बैंकक यात्रा अझ फलदायी भएको बताइन्छ । हिमानीको भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसंगको भेटले पनि थप मलजल गरेको छ ।
केपी ओलीले पनि गरेको भेटबाट धेरै कुरा खुलिसकेका छन् । बैंकक जाँदा हिमानी र ओली छुट्टाछुट्टै र फरक उद्धेश्य लिएर गए पनि फर्कंदा भने एकै दिन एउटै फ्लाइटमा फर्केका थिए ।
यसैबीच, पूर्वराजा तीन हप्ते बसाई र भ्रमण सकेर नेपालगञ्जबाट काठमाडौं आइसकेका छन् । गत शुक्रबार आइपुगेका पूर्वराजा यो महिनाको अन्तिमसम्म झापा जाने कार्यक्रम छ ।
मध्य र सुदूरपश्चिमको भ्रमण फलदायी भएपछि अब पूर्वबाट पूर्वराजाले विगुल फुक्ने कार्यक्रम रहेको छ ।
एक राजावादीले भने, ‘अब ओलीसंगै सम्बन्ध बनेपछि एकपटक ओलीकै जिल्लामा किन नजाने भन्ने सोच रहेको हो, त्यहाँबाट कस्तो सन्देश पाइन्छ त्यसैअनुसार अगाडि बढ्नुपर्ला भन्ने पनि छ ।’