arrow

राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार नबन्ने काँग्रेस नेता विमलेन्द्र निधीको प्रस्ट संकेत

logo
प्रकाशित २०७४ माघ ७ आइतबार
bimalendra_nidhi_647_082016021940.jpeg

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले राष्ट्रिय सभामा उम्मेदवार नबन्ने प्रष्ट संकेत गरेका छन्। 

मंसिरमा भएको संसदीय चुनावमा पराजित भएका शिर्ष नेताहरु राष्ट्र्रिय सभामा पुग्न प्रयासरत भएको समाचार आउन थालेपछि काँग्रेस नेता निधीले मुख खोलेका छन्। 

विभिन्न सञ्चार माध्यममा आएका समाचार र त्यसपछि आएका टिकाटिप्पणीहरुको जवाफ उनले सामाजिक सञ्जाल मार्फत दिएका छन्। 

बरिष्ठ नेता रामचन्द्र पौडेल सहित नेताहरु कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधी, अर्जुन नरसिंह केसी, शेखर कोइराला लगायत चुनावमा पराजित भएपछि राष्ट्रिय सभामा जाने चर्चा निर्वाचन मत परिणाम सार्वजनिक भएदेखिनै चलेको थियो। 

काँग्रेस नेताहरु सिटौला केसी र कोइरालाले निर्वाचनमा पराजित भइसकेको अवस्थामा आफूहरु राष्ट्रिय सभामा जान लालायित नभएको बताएका थिए। उनीहरुले अलग अलग कार्यक्रममा आफ्ना धारणा राख्दै राष्ट्रिय सभाका लागि आफूहरु उमेद्वार नभएको प्रष्ट्याएका थिए। 

शुरु देखिनै चर्चामा रहेका पौडेल र निधीले भने ढीलासम्म यस बारेमा प्रतिक्रिया व्यक्त नगर्दा उनिहरु राष्ट्रिय सभामा जान इच्छुक रहेको रुपमा काँग्रेस वृत्तमै पनि अर्थ्याउन थालिएको थियो। 

काँग्रेस केन्द्रीय समितिको वैठकले गरेको ३ बुँदे निर्णयको दोस्रो बुँदामा पार्टीको लागि योगदान गरेकाहरुलाई प्राथमिकतामा राखि राष्ट्रिय सभामा उमेद्वार बनाउने उल्लेख भएपछि पौडेल र निधी राष्ट्रिय सभामा पुग्ने आँकलन गरिएको थियो। यहाँसम्म दुवै नेताले प्रष्ट पारेको अवस्था थिएन। 

काँग्रेसको निर्णय लगत्तै आएका समाचार टिकाटिप्पणी पछि नेता निधीले आफू राष्ट्रिय सभाको उमेद्वार नभएको प्रष्ट्याएका हुन्। 

उनले केहि टिप्पणीहरुको खण्डन गर्दै आफ्ना बारेमा समाचार सम्प्रेषण गर्दा सत्यतथ्य पत्ता लगाएर मात्रै लेख्न ट्वीट मार्फत आग्रह गरेका छन् ।

निधीको यो ट्वीटले उनले आफू राष्ट्रिय सभामा उमेद्वार नरहेको प्रष्ट संकेत गरेको छ। यहाँसम्म आइपुग्दा पनि बरिष्ठ नेता पौडेलको भने अझै धारणा सार्वजनिक भएको छैन। 

राष्ट्रिय सभाको उम्देवारको बारेमा चर्चा गर्न र नाम टुङगो लगाउन काँग्रेसको औपचारिक वैठक बस्न सकेको छैन। मापदण्ड बनाउनका लागि बसेको वैठक पनि सामान्य रुरपमै सकिएको थियो। 

काँग्रेस कार्यसम्पादनको वैठकमा पौडेल पक्षधर नेताहरु नगएपछि सभापति शेर बहादुर देउवाले  कार्यसम्पादनमा उमेद्वारको नाममा छलफल गराउन पाएका छैनन। सभापति देउवाले पदाधिकारी र बरिष्ठ नेताहरुसँग छलफल गरेका छन्। 

काँग्रेस बीचमा मतैक्यता नहुँदा खासगरि मधेश केन्द्रीत दलहरुसँग वैठक गरि उमेद्वारको बारेमा लगाउनु पर्ने टुङगो अझै लाग्न सकेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ