तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा ११० सांसद्ले लिए सपथ
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ माघ ७ आइतबार
522
Shares
काठमाडौं । हेटौँडास्थित तत्कालिन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयलाई ३ नम्बर प्रदेशको संसद सचिवालयको रुपमा परिणत गरिएको छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित एवं समानुपातिक गरी १ सय १० जना सदस्यहरुले सपथग्रहण गरेको ३ नम्बर प्रदेश संसद सचिवालयले जानकारी दिएको छ ।
आइतवार बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले १०९ सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा बिहान ११ बजे शपथ गराए ।
हेटौँडामा ३ नं प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका ११० सांसदले शपथ लिएका हुन् । सपथग्रहण कार्यक्रममा ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व सभासद्, सांसद एवं विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।
सपथग्रहण गरेका अधिकांश प्रदेशसभा सदस्यहरुले संघीयता कार्यान्वयन, प्रदेश संचालनका लागि आवश्यक कानून निर्माणका साथै विकासलाई आप्mनो प्राथमिकतामा राख्ने प्रतिक्रिया दिएका छन् ।