arrow

मोदीले कांग्रेस मुक्त मुलुक त यसकारण पो भनेका रहेछन् 

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
modi-7591.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काँग्रेस मुक्त भारतको मतलब कुनै राजनीतिक दलमा सीमित नभएको बताएका छन् । 

उनले त्यस्तो संस्कृति मुक्तको कुरा गरेका छन् जहाँ जातिवाद, परिवारवाद र भ्रष्टाचारजस्ता चिजहरु रहेका छन् । 

भारतको एक समाचार च्यानलमा दिएको अन्तर्वार्तामा भनेका छन् कि ‘म कुनै पार्टी र व्यक्तिको पछि लाग्दिन ।’

उनले ‘भारतमा राजनीतिको मुख्य धारा काँग्रेस रहेकाले जब काँग्रेस मुक्तको कुरा हुन्छ तब यो संगठन कुनै पार्टीमा मात्र सीमित हुँदैन, काँग्रेस संस्कृतिका रुपमा देशमा फैलिएको छ, स्वतन्त्रतापुर्व पनि काँग्रेसको संस्कृति थियो जसले युवालाई देशका लागि मर्न र मार्न तयार गर्यो’, भने । 

अगाडि मोदीले भने, ‘स्वतन्त्रतापछि जातिवाद, परिवारवाद, भ्रष्टाचारी शिष्टाचार, सत्ता निमोठेर राख्नु काँग्रेसको संस्कृति बन्यो, काँग्रेसी भन्छन् काँग्रेस सोच हो त्यसैले मैले जब काँग्रेस मुक्त कुरा गर्छु भने काँग्रेस पनि संस्कृति मुक्त होस् ।’

मोदीले तीन पटक तलाक बोलेर हुने सम्वन्ध विच्छेदका बारेमा काँग्रेसले कहिल्यै नसोचेको भन्दै नारी सम्मान, महिला सशक्तिकरणमा पछि परेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ