arrow

अदालतमा मेलमिलापकै मुद्दा मिल्दैनन् !

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
court_ktm.jpg

काठमाडौँ । काठमाडौँ अदालतमा यो वर्ष मेलमिलापतर्फ पठाइएका मुद्दाको अवस्था सन्तोषजनक नभएको देखिएको छ । मेलमिलापतर्फ ४५८ मुद्दामध्ये ७४ मुद्दा मात्र मेलमिलाप गर्न सफल तथा २३१ मुद्दा मेलमिलाप गर्न असफल भएका छन् । तथ्याङ्कलाई हेर्दा मेलमिलापतर्फ सफलता कम देखिन्छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ अदालतका न्यायाधीश रमेशराज पोखरेलले मेलमिलापतर्फको तथ्यांक हेर्दा त्यति सन्तोषजनक नभए पनि मेलमिलापलाई प्रभावकारी बनाउन अदालत प्रयासरत रहेको बताए ।

अदालतले यो आर्थिक वर्षको पुस महिनासम्म छ हजार २०३ मुद्दा दर्ता भएकामा चार हजार ३५३ मुद्दा फैसला गरेको छ । यो अवधिमा पाँच हजार ४९८ मुद्दा फैसला गर्ने लक्ष्य थियो । जरिवानातर्फ भने अदालतले करिब ६२ करोड ९६ लाख असुल गरेको छ । अदालतले लक्ष्य भने करीब ८७ करोड ५४ लाख असुल गर्ने राखेको थियो ।

न्यायाधीश पोखरेलले अदालतले नागरिकको न्यायमा पहुँच बढाउन निरन्तर काम गरिरहेको बताउँदै सञ्चारमाध्यमले अदालतमा विचाराधीन मुद्दामा समाचार प्रकाशन–प्रसारण गर्दा मुद्दामा समेत प्रभाव पर्ने गरेको अनुभव रहेको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ