कोमल वली सहित प्रदेश ५ ,६ र ७ बाट ककसलाई बनायो एमालेले राष्ट्रिय सभाको उमेद्वार?
पूर्व विद्यार्थी नेता खिमलाल भट्टराई पनि बने उमेद्वार
प्रकाशित २०७४ माघ ८ सोमबार
310
Shares
भक्तपुर। नेकपा एमाले स्थायी कमिटीले प्रदेश ५ ,६ र ७ बाट राष्ट्रिय सभामा उमेद्वार हुनेहरुको नाम टुङगो लगाएको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उनको निजी निवास, बालकोटमा सम्पन्न भएको बैठकले यि नामहरु टुङगो लगाएको हो।
वैठकले टुङग्याएका नामहरु यसप्रकार छन्ः
प्रदेश नं ७–
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
प्रदेश नं ६–
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ५–
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश १, २, ३ र ४ को मंगलवारको वैठकले नाम टुङ्गा्याउने जनाइएको छ।