arrow

‘विषाक्त खाना’का कारण ९० शिशु विरामी

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
poisonous-food.jpeg

शिजिआझुआङ । उत्तरी चीनको हेवेई प्रान्तमा ‘बिषाक्त खाना’ खाएर विरामी परेको शङ्कामा ९० जना पूर्वप्राथमिक विद्यालयस्तरका बालबालिकालाई अस्पताल भर्ना गरिएको स्थानीय सरकारले जनाएको छ । 

लिङशाओ काउन्टीको प्रान्तीय राजधानीमा रहेको एक निजी विद्यालयमा शिशुहरूले दिउसोको खाना खाएपछि बिरामी परेका थिए । 

शिशुहरूको स्वास्थ्य निगरानी तथा उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । 

उनीहरूको स्वास्थ्यस्थिति स्थिर रहेको बताइएको छ । उनीहरूको खानामा भूलबस नियमित नूनको सट्टामा नाइट्राइट धुलो परेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि अस्पतालले बताएको छ । 

स्थानीय स्वस्थ्य, शैक्षिक, सार्वजनिक सुरक्षा तथा बजार अनुगमन विभागले घटनाबारे थप अनुसन्धान अघि बढाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ