काठमाडौं । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो पार्टी । सबैभन्दा बढी स्थायित्वमा रहेको पार्टी । नेपालमा यो शताब्दीमा भएका सबै परिवर्तनको अग्रणी भूमिकामा रहेको दल ।
काँग्रेसका नेताहरु यही कुरालाई क्रेडिट बनाउँदै वनाउँदै बर्षौंदेखि ब्याज खाइरहेका छन् । अब पनि त्यही पुरानो साँवाको ब्याज खाइरहने कि नयाँ लगानी गर्ने ?
काँग्रेसका नेताहरु पुराना काँग्रेसीको योगदानको ब्याज खाइरहेका छन् । कोही त मुखै फोडेर भन्छन्, ‘हिङ नभए पनि हिङ बाँधेका टाला हौं ।’
बाबुबाजेले राणाविरुद्ध संघर्ष गरे । मुलुकलाई प्रजातन्त्र दिलाए । अहिले त्यस्तो त्याग गर्नुपर्दैन । अनि भन्छन् – ‘हिङ नभए पनि हिङ बाँधेका टाला हौं ।’
यस्तो लाग्छ काँग्रेसी अहिलेका नेतालाई हिङको महत्व नै थाहा छैन ।
के हो हिङ ?
हिङ एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ ।
हिङबाट अनेकौं किसिमका रोगहरुको उपचार गर्न सकिन्छ । हिंगलाई पहिले घ्यूमा फुराएर मात्र औषधिको रुपमा प्रयोग गर्नुपर्छ । छालामा लगाउँदा मात्र घ्यूमा नफुराई प्रयोग गर्न सकिन्छ ।
के के उपचार गर्न सकिन्छ हिङबाट ?
१, पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
हिङ, जाइफल, केशर र मरिच सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने । आवश्यकता अनुसार १्२ गोली मनतातो पानीसँग खाएमा निको हुन्छ ।
२, कब्जियत र अधिक वायु भएमाः
आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १्४ भाग हिङ र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १्२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १्२ दिनमै ठीक हुन्छ ।
३, कान दुख्ने, पिप आउने, खटिरा आदि भएमाः
ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनून धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान्बेलुका ४्४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
४, दम रोगमा
एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई दुई गोली तातो पानीसँग बिहान बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।
५, हिङवाष्टक चूर्णः
पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदिका लागि हिंगवाष्टक चूर्ण बनाएर प्रयोग गरेमा लाभकारी हुनेछ ।
बनाउने तरिकाː
ज्वानो, मरिच, पिप्ला, जिरा, सुठो, सिदेनून र अलिकति हिङ सबै बराबर मात्रामा धूलो बनाएर मिसाउने, घ्यूमा पहिले हिङ फूराउने र सबै धूलोलाई मिसाएर राम्ररी तताउने अलिकति सानो हर्रोको धूलो पनि मिसाउने अनि हिङवाष्टक चूर्ण तयार हुन्छ त्यसपछि सिसीमा राख्ने । आवश्यकता अनुसार १्१ चम्चा मनतातो पानीमा खाने ।
६, कम्मर दुख्ने रोगमाः
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
७, शूल भएमा, धेरै दिसा लागेमाः
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
८, महिलाको हिस्टेरिया रोगमा
१ चम्चा भाङको रसमा १ चिम्टी फुराएको हिङ फिटेर बिहान बेलुका खाने गरेमा ठीक हुन्छ ।
बुढापाकाले यसै भनेका रहेनछन्, ‘हिङ नभए पनि हिङ बाँधेको टालो हो ।’
हिङको महत्वले नै भन्छ कि हिङसंग जो जोडिन्छ उसको महत्व पनि बेग्लै हुन्छ ।
त्यसैले काँग्रेसले हिङसंग आफूलाई जोडेको रहेछ । तर जोडेर मात्र हुन्छ कि हिङ नै बन्ने औकात राख्छन् हाम्रा नेताहरु ।
भनिन्छ – कि परेर जानिन्छ कि पढेर जानिन्छ । हाम्रा नेताहरु दुवै विषयमा भुक्तभोगी भइसकेका छन् । बस् त्यसलाई सही ठाउँमा सही सदूपयोग गर्नुपर्नेछ ।
कसैले पनि राजनीति सडकमा हल्लिन गर्दैन । उसको लक्ष्य सत्तामा जानुनै पर्छ । तर सत्तामा गएर काम गर्छ कि गर्दैन भन्ने हो ।
काँग्रेसले जहिले जहिले सत्तामा पुगेर काम गर्दैन तब उसलाई जनताले सजाय दिएकै छन् । अहिले पनि काँग्रेस त्यही धरातलमा उभिएको छ ।
काँग्रेसले अबको सरकार सम्हाल्नेछैन । उसलाई म्यान्डेट नै छैन । तसर्थ विपक्षमा बस्न पनि अभ्यास गर्नुपर्छ । रचनात्मक हुनुपर्छ । संगठन बलियो बनाउनु पर्छ ।
अहिलेको निर्वाचनमा हार्नेहरु र जित्नेहरुबीच सही एकता हुनु जरुरी छ । गुटबन्दीको अन्त्य हुनु जरुरी छ । गुट बनाउन खोज्नेलाई बहिस्कार गर्न सक्नुपर्नेछ । गुटको राजनीति गर्नेलाई हतोत्साही गरौं ।
जनताले नरुचाएका कुनै पनि नेतालाई फेरि तत्काल कुनै अवसर नदिऔं । जंगल जलाउन एउटामात्र सलाइँको काँटी पर्याप्त हुन्छ ।
यो बुझौं कि हारेका नेतालाई कतै फेरि स्थान दिँदा जनताले त्यही नकारात्मक बुझ्ने छन् । विपक्षलाई राजनीति गर्ने नारा बन्नेछ ।
निर्वाचनमा उठेपछि जित हार हुन्छ । यो स्वभाविक प्रक्रिया हो । तर जसरी पनि मै हुनुपर्छ भन्ने मानसिकता त्यागौं ।
राजनीति भनेको समाजसेवा गर्ने उत्तम पेशा हो । समाजसेवी बनौं । रुख त्यसै काँग्रेसको चुनाव चिन्ह बनेको हैन ।
सोचौं अहिले रुख फँडानी हुँदा कति प्रदूषण बढेको छ । पार्टी र समाजमा त्यस्तै प्रदूषण छ ।
तसर्थ काँग्रेसलाई बचाउने हो भने हरेक कार्यकर्ताले फेरि रुख रोपौं । त्यसलाई मलजल गरौं । प्रकृतिप्रेमी बनौं ।
आफूले आफूलाई माया गर्ने मानिसले अरुलाई पनि माया गर्न सिक्छ । तर यसको मतलब ‘आफू भलो त जगत् भलो’ कदापि हैन ।
मौका आउँछ पर्खिदैन । काँग्रेसले समय समयमा पाएको मौकाको सही सदूपयोग भएन होला ।
तीन वटै निर्वाचन गराएर मुलुकलाई संघीयतामा लगेर ठूलो फड्को मारेको काँग्रेसको यो गति हुनुमा केही न केही कमजोरी छ ।
त्यो कमजोरी खोजौं । हिंड्नुको पनि तरीका हुन्छ । बेसुरमा हिंड्नले सुरमा हिंड्नेलाई कुनै पनि दृष्टिकोणबाट भेट्टाउन सक्दैन ।
काँग्रेस सुरमा हिंड्नु जरुरी छ । राजनीतिमा विश्राम हुन्छ । त्यो विश्राम खोज्ने नेताहरुलाई यथोचित सम्मान गरौं ।
अनुभव लिऔं । अनि राम्रो र अहिलेको बजारलाई हेरेर त्यसलाई आत्मसात गरौं ।
काँग्रेसमा अब नयाँ जोश र पुरानो अनुभवको फ्युजन चाहिएको छ ।
डार्बिनको सिद्धान्तजस्तै ‘स्थायित्वमा रहनका लागि संघर्ष’ मात्र हैन उत्कृष्ट पनि हुनुपर्नेछ । (हिङको महत्व एजेन्सीको सहयोगमा)