arrow

फोरम एमालेसँग राजपा काँग्रेससँगको सहकार्य नजिक, महतो भने एमालेलाई गुन तिर्न खोज्दै

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
rajapa-news.jpg

काठमाडौं । मधेश केन्द्रीय दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल राष्ट्रिय सभाको चुनावमा कुन राजनीतिक दलसँग सहकार्य गरेर जाने भन्नेमा गृहकार्यमा छन्। दुवै दलले एमाले र काँग्रेससँग सहकार्यको बारेमा छलफल गरेका छन्। तर दुवै दल टुङगोमा पुग्न सकेका छैनन्। 

पछिल्लो छलफल अनुसार एमालेसँग संघीय फोरम सहकार्यको मुडमा देखिन्छ। राजपा पनि एमालेसँग छलफलमा रहेपनि सहकार्य गरेर जाने पक्षमा भने पुगिसकेको छैन। 

राजपाका अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतो भने एमालेसँग सहकार्य गरेर जानुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। अध्यक्ष मण्डलका अन्य नेताहरु भने छलफल गरेपनि एमालेसँग सहकार्यको सम्भावना भने नरहेको बताउँछन्। 

महतोले सके एमालेसँग र अन्यले एमाले इतरका लोकतान्त्रिक शक्तिसँगको सहकार्य चाहिरहेका छन्। 

राजपाका एक नेताका अनुसार महतो भने आफूलाई जनकपुरमा चुनावमा जिताउने एमालेलाई गुन तिर्न एमालेसँगको सहकार्यको प्रस्तावलाई राजपाबाट अनुमोदन गराउन चाहिरहेका छन्। तर एमालेसँग मिल्ने सम्भावना न्यून रहेको राजपाका अध्यक्ष मण्डलका एक नेता बताउँछन्।

स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचन र सरकार निर्माणमा एमालेसँग तालमेर गरेर जान राजेन्द्र महतोले प्रस्ताव गरेका थिए। 

अध्यक्ष मण्डलका अर्का नेता महेन्द्र राय यादव पनि एमालेसँग नजिकिएको चर्चा भएपनि उनी पनि लोकतान्त्रिक शक्तिको सहकार्यको पक्षमा रहेको बताइएको छ। 

मधेस र मधेसी जनताको सधैँ मानमर्दन गर्ने एमाले तथा एमालेका नेताहरूको रवैयाको विरोध गर्दै आएको राजपा नेपालभित्र सो विषयमा गम्भीर छलफल भएको थियो ।

निर्वाचनका बेला लोकतान्त्रिक शक्तिहरूबीच तालमेल गरेर जानुपर्ने विषयमा राजपा नेपालभित्र बहुमत छ ।अध्यक्ष महन्थ ठाकुर अर्का नेताहरु शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा, राजकिशोर यादव लोकतान्त्रिक सहकार्यमा जोड दिदै आएका छन्। तर, राजेन्द्र महतो र महेन्द्र राय यादवले एमालेसँग अहिलेदेखि नै तालमेल र सहमति गरेर जानुपर्ने बताउँदै आएका छन् ।

लोकतान्त्रि शक्तिसँगको नाममा काँग्रेससँग सहकार्य गर्न वकालत गर्नेहरुले काँग्रेस अझै पनि सुध्रिन नसकेको आरोप लगाएका छन्। तर मधेशका हकमा एमाले भन्दा काँग्रेस उत्तम विकल्प भएको उनीहरुको तर्क छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ