arrow

जुन सरकार सूचना लुकाउन उद्दत हुन्छ त्यो जनतामाझ अलोकप्रिय हुन्छ

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
krishna-hari-baskota.jpg

पाँचथर । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सातवटै प्रदेशमा प्रादेशिक सूचना आयोगको गठन गर्नुपर्ने जरुरी रहेको बताउएका छन् । पाँचथरको फिदिममा मंगलबार बिहान कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

यस्तै उनले मुलुकमा रहेका ७५३ वटा स्थानीय तहमा उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा सूचना आयोगको बोर्ड गठन गर्नुपर्ने बताए । । 

उनले भने, “प्रत्येक नेपालीलाई सूचना दिने र पाउने अधिकार नेपालको धारा २७ मा उल्लेख गरिएको छ, तर मानवअधिकारको घोषणापत्र १९४७ लाई हेर्दा सूचना प्रवाहको हक छुटेको छ, त्यसलाई संविधान संशोधनमार्फत यो बुँदा थप्न आवश्यक छ ।” 

उनले सूचनाको हक प्रवाहको निम्ति राज्य प्रणाली आफैँ जुर्मुराउनुपर्ने बताउँदै आम नागरिकलाई सजग गराउनु सरकारकै कर्तव्य रहेको उल्लेख गरे । 

राज्य प्रणालीले सूचना एक प्रकारले विज्ञापनको रुपमा प्रचार गर्नुपर्ने भए तापनि सञ्चारकर्मीलाई समेत उपलब्ध नगराउनु दुर्भाग्य रहेको उनको भनाइ छ । 

जुन सरकार सूचना लुकाउन उद्दत हुन्छ त्यो जनतामाझ अलोकप्रिय हुन्छ र उसको आयु पनि लामो नहुने उनको भनाइ छ । उनले भने, “जनताको घरघरमा गएर घुम्ती शिविरमार्फत सरकारी निकायले सूचना प्रवाह गर्नुपर्दछ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ