आन्दोलनको स्वरुप फेरियो, धर्ना बाहेक बन्दका सम्पुर्ण कार्यक्रम स्थगित
गणेश मौनी,
प्रकाशित २०७४ माघ ९ मंगलबार
345
Shares
डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायलमा हुनुपर्छ भनि डोटीमा गरिएको आन्दोलनको स्वरुप परिवर्तनसंगै धर्ना बाहेक बन्दका सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएका छन् ।
माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनको कार्यक्रमहरुलाई मध्यनजर गर्दै मंगलबार दिउसो १ बजे देखि अर्को निर्णय नहुन्जेल सम्मका लागि ब्यापार ब्यवसायी सरकारी गैरसरकारी संघ संस्था र बन्दका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको मुल संघर्ष समितिले जानकारी दिएको छ ।
संघर्ष समितिका सदस्य दिपक खड्काले दिएको जानाकारी अनुसार आन्दोलन स्थगित नभएको स्वरुप परिवर्तन गरि बन्दका सम्पुर्ण कार्यक्रमहरु अर्को निर्णय नहुन्जेल सम्मका लागि स्थगित गरिएको भएपनि धर्ना कार्यक्रम दिनहु १२ बजे देखि २ बजे सम्म प्रशासन कार्यालयमा जारि रहने बताए । २७ दिन देखि आन्दोलीत सघर्ष समितिले आईतवार यातायात, बजार, शिक्षण संस्थाहरु, बित्तीय संस्थाहरु र निर्वाचन अधिकृतको कार्यालय मात्र सुचारु हुने निणय गरेको थियो ।
धर्ना कार्यक्रमलाई निरन्तरता
प्रदेश नम्बर ७ को अस्थायी राजधानी डोटी हुनुपर्ने माग राख्दै लामोसमयदेखि आन्दोलन रत आन्दोलनकारीहरुले आज पनि क्षेत्रीय कार्यालय दिपायल र जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नाको कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
कैलालीको धनगढीमा आइतवार शपथग्रहण गरी सोमबार गृहजिल्ला डोटी पुगेका डोटी प्रदेश सभा ख सांसद त्रिलोचन भट्ट पनि मंगलबार धर्ना कार्यक्रममा बसेका छन् । सरकारले अस्थायी मुकाम धनगढी तोके लगत्तै भट्टले यस अघिनै एक विज्ञप्ती जारी गर्दै खेद व्यक्त गरेका थिए ।
आइतवार प्रदेश सभा सांसदहरुले धनगढीमा शपथग्रहण लिईरहदा जनप्रतिनिधिहरुले आन्दोलनलाई साथ नलिएको भन्दै आन्दोलनकारीहरुले सांसद भट्ट लगायतका जनप्रतिनिधिहरुका पुत्ला जलाएका थिए ।