arrow

मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

logo
नविन मनाङ्गे
प्रकाशित २०७४ माघ १० बुधबार
manang-snowfall.jpeg

मनाङ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । 

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । 

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

मंगलबार बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् ।

उद्दारका लागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ । 

पन्तले थप सोधखोज भइरहेको बताए । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ