सेभ द चिल्ड्रेनको कार्यालयमा बम आक्रमण, कम्तीमा ११ बालबालिका घाइते

प्रकाशित मिति : २०७४ माघ १० बुधबार
तस्वीर–वेब

अफगानिस्तान । अफगानिस्तनमा रहेको सेभ द चिल्डे«नको कार्यालयमा भएको आक्रमणमा कम्तीमा ११ बालबालिका घाइते भएका छन् । 

जलालाबादमा रहेको सेभ द चिल्ड्रेनको कम्पाउण्डमा विष्फोटक पदार्थ विष्फोट हुँदा उनीहरु घाइते भएको बीबीसीले उल्लेख गरेको छ । 

स्थानीय मिडियाहरुले नजिककै विद्यालयबाट स्कुले विद्यार्थीहरुको भागाभाग भएको नजाएका छन् । 

आक्रमण कसले गरेको भन्ने नखुले पनि त्यहाँ तालिबानी लडाकुहरुको निशाना बन्दै आएको छ । 

स्थानीइ समयअनुसार बिहान ९ः१० बजे उक्त घटना भएको हो । प्रान्तिय गभर्नर अतुल्लाह खोग्यानीलेले आत्मघाती आक्रमणकारीले डेटोनेटेड कार बमसहित प्रवेश गरेको जनाएका छन् । 

आक्रमणकारी र सुरक्षाकर्मीबीच हानाहान भइरहेको समेत बताइएको छ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ