arrow

चुनौतीलाई आत्मविश्वासले चिर्दै सगरमाथा यात्रामा दुबै खुट्टा नभएका हरिबहादुर

logo
प्रकाशित २०७४ माघ १० बुधबार
haribahadur.jpg

काठमाडौं । हिम्मत नहार्ने हो भने मान्छे सामु असफलताले घुँडा टेक्छ भन्ने लोकोक्ति रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले प्रमाणित गरिदिएका छन् । छोराले बेलायती सेनामा जागिर खाला, फर्किएर आएपछि बुढेसकालमा सुखसँग रमाएर बस्ला भन्ने आफ्ना बाबुको सपना पूरा गर्नको लागि प्रवीणता प्रमणपत्र तह सकेर बेलायती सेनामा भर्ति भएका बुढामाथि सन् २०१० ताका एउटा सोच्दै नसोचेको बज्रपात आईपर्यो । 

जागिरको १५ वर्षपछि आज भन्दा ८ वर्ष अघि अफगानिस्तानको हेलमान प्रान्तमा आक्रमणकारीको आक्रमणमा परी उनले दुबै खुट्टा गुमाउनु पर्यो । उनी सम्झन्छन् म त बरु जाँगिर सुरु गर्ने बेलामा मरिएला भन्ने सोचेको थिएँ तर, यसरी दुबै खुट्टा गुमाएर बस्नु पर्छ भन्ने लागेको थिएन । दैबको खेल नै हो उनी दुबै खुट्टा गुमाएर थलिएपछि थप लडाईँमा जानु परेन । त्यसैले उनी बाँच्न सफल भए । यसरी बेलायती सेनामा लड्दै गर्दा अपांग भएका उनलाई अब जीवन जीउनको लागि कुनै समस्या थिएन । उनको मन त्यति शान्त थियो भने उनी अहिले रोल्पाको थवाङमा होस् या त राजधानी काठमाडौंमा नै किन नहोस् या त बेलायतको कुनै शहरमा नै ढुक्कसँग बसिरहेको हुनसक्थे । तर, उनी त्यसपछि झनै त्यति अशान्त बने कि उनलाई अन्य साधारण मान्छे र आफूमा केही फरक नभएको भान बढ्न थाल्यो र अरुले जस्तै साहसिक खेलहरुमा संलग्न हुन थाले । 

अहिलेसम्मको ८ वर्षको समयावधिमा आईपुग्दा सबै सामान्य मान्छेले जे गर्न नसकेका छन् त्यो गरेको अनुभव बुढासँग छ । उनीसँग खुट्टा छैन तर उनीसँग आत्मविश्वास छ । त्यही आत्मविश्वासले उनी अरु मान्छे जस्तैगरी सामान्य रुपमा हिँडडुल गरिरहेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी बुढाले आफू सगरमाथा चढ्ने तयारीमा रहेको जानकारी दिएका छन् । उनले सगरमाथा चढ्दै गर्दा उनले संयुक्त राज्य अमेरिकामा र साईप्रसमा स्काई डाईभिङ, अमेरिका, क्यानडा, जर्मनी, अस्ट्रिया र नेपालमा समेत यस अघि नै अल्पाईन स्किईङ समेत गरिसकेका छन् । नेपालमा स्किईङ गर्ने बुढा पहिला व्यक्ति हुन् । 

त्यस्तै, आर्चरीमा स्वर्ण पदक पाएका उनले ह्वीलचेयर टेवल टेनिस, अमेरिका र बेलायतमा इन्डोर तथा आउटडोरमा रक क्लाईम्बिङ, कायकिङ साईकिलिङ लगायतका खेलहरुमा उनले महत्वपूर्ण पदकहरु पाईसकेका छन् । माथि उल्लेखित सबै उपलब्धीहरु बुढाले दुबै खुट्टा गुमाईसकेपछिका हुन् । खुट्टा विहिन उनले गल्फ, ह्वीलचेयर बास्केटबल, हक्कि कर्लिङ, प्याराग्लाईडिङ, राफ्टिङ र सिटिङ भलिबलमा पनि उनले खुट्टा गुमाईसकपछि नै धेरै पदकहरु पाईसकेका छन् । 

सगरमाथा आरोहणमा १८ महिनादेखिको पूर्व तयारी 
उनी सगरमाथा आरोहणका लागि १८ महिनादेखि पूर्व तयारीमा छन् । यस अघि २०१६ मा सूर्य कुण्ड हिमाल नेपाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुदै नेपालको थोराङलापाससम्म पुगिसकेका छन् । उनी यी सबै हिमालहरुको आरोहण गरिसकेपछि हिमाल चढ्नको लागि सक्षम भईसकेको बताउँछन् । बुढाले आफ्नो हिमाल आरोहणले हिमाली आरोहण इृतिहासमा उद्दारको नयाँ आयाम, प्रविधि र अनुभवहरु थप्ने विश्वास राखेका छन् । 

सरकारको नीतिले समस्या 
उता सरकारको अपांगता भएकाहरुलाई सगरमाथा चढ्न नदिने निर्णय गरेपछि सरकारको यो निर्णयले उनीमाथि समस्या भने सिर्जना गराएको छ । नेपाल सरकारको पर्वतारोहण सम्बन्धी नियमावलीको पाँचौं संशोधनले दुबै हात खुट्टा नभएको तथा दुबै आँखा देख्न नसक्नेलाई सगरमाथा आरोहण गर्नबाट बञ्चित गराएको छ । सरकारको यो निर्णयले बुढालाई सगमाथा चढ्नको लागि कानूनी समस्या हुने भएको भएपनि उनको यो सगरमाथा यात्राले धेरै अपांगताभएका व्यक्तिहरुलाई प्रोत्साहन मिल्ने भएकोले सरकारले यसमा केही लचक बन्नुपर्ने उनको तर्क छ । 

अपांगताभएकालाई आत्मविश्वास, पर्यटनको प्रवद्र्धन 
बुढाले आफ्नो सगरमाथा यात्रा अपांगता भएका व्यक्तिहरुको लागि प्रोत्साहन र नेपालको पयटन प्रवद्र्धनको लागि सहायक सिद्ध हुने दाबी गरेका छन् । बुढाले अपांगता भएकाहरु असक्षम हुँदैनन् भन्ने देखाउनको लागि आफू सगरमाथा चढ्न लागेको बताउँछन् । उनले ३ लाख ५० हजार डलर कूल लगानीमा आफू हिमाल चढ्नलागेको बताएका छन् । उनले आफूले हिमाल चढ्दा १४ जना शेर्पाहरु साथमा लजाने पनि बताएका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ