arrow

राष्ट्रिय सभा चुनाव : नयाँ शक्तिले काँग्रेस उम्मेदवार राधेश्याम अधिकारीलाई मतदान गर्ने

logo
प्रकाशित २०७४ माघ १० बुधबार
nayasakti.jpg

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले ३ नम्बर प्रदेशबाट नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने भएको छ । अधिकारी वरिष्ठ अधिवक्ता पनि हुन् । नयाँ शक्तिले विज्ञप्ति जारी गरेर अधिकारीलाई मतदान गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय संयोजक गंगानारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘नयाँ शक्ति पार्टी, नेपालको समेत मतबाट विजयी हुने उम्मेदवारले राष्ट्रिय सभामा पार्टीगत स्वार्थभन्दा माथि उठी महत्वपूर्ण विषयमा राष्ट्रिय हितलाई सर्वोपरि राखी आफ्नो भूमिका निर्वाह गर्नु हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ’ भनिएको छ ।

नेपाल राष्ट्रिय सभालाई राष्ट्रिय जीवनमा सकारात्मक भूमिका खेल्न सक्ने प्रबुद्ध व्यक्तित्वहरुको सभा हो भन्ने ठान्दछ, विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनमा राष्ट्रियसभालाई सोहि अनुसारको गरिमा दिन नयाँ शक्ति पार्टीले बिभिन्न पार्टीहरुसँग पटक–पटक छलफल गर्दै आएको हो ।’

नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी र विवेकशील साझा पार्टीको बीचमा पटक–पटक छलफल भई राष्ट्रियसभाको गरिमालाई बलियो बनाउने र विपक्षीहरुको सकारात्मक भूमिका र पहल कदमीलाई समेत संसदीय लोकतन्त्रको मान्यता अनुसार सुदृढ गर्ने अभिप्रायले नेपाली कांग्रेसका ३ नम्बर प्रदेशको खुलातर्फका उम्मेदवार वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई समर्थन गर्ने र सोही अनुसार मतदान गर्ने निर्णय गरेको, विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ