arrow

दामनमा हिउँ पर्‍यो, त्रिभुवन राजपथ अवरुद्ध

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ माघ १० बुधबार
daman_hiu.jpg

हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको सिमभञ्ज्याङ् र दामनमा बुधबार हिमपात भएको छ । बुधबार बिहानैबाट हिमपात सुरुभएको र अहिले २ देखि ३ फिटसम्म हिउँ परेको ईलाका प्रहरी कार्यालय पालुङ्का प्रहरी निरीक्षक बिरेन्द« पासवानले जानकारी दिए ।
    
हिमपात भएसँगै पर्यटकहरुको चलपहल पनि बढेको सुनगाभा रिसोर्टका सञ्चालक देव बस्नेतले बताए । यता भारी हिमपात भएपछि अहिले त्रिभुवन राजपथ अवरुद्ध भएको छ । सिमभञ्ज्याङ् र दामनमा आसपासमा भारी हिमपातले राजपथ अवरुद्ध बनेको प्रहरी निरीक्षक पासवानले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ