arrow

काबुलको होटल आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगे

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
kabul-hotel.JPG

संयुक्त राष्ट्रसंघ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छ ।

सो दुर्घटनामा मारिएका व्यक्तिको प्राप्त पछिल्लो जानकारीअनुसार यो सङ्ख्या ४० पुगेको बिहीबार अधिकारीहरुले बताएका छन ।

अधिकारीहरुले दिएको सुरुको सङ्ख्या भन्दा यो दुइगुना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको आक्रमणमा परी २५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले एएएफपी समाचार समितिलाई बताए ।

सो आक्रमणको जिम्मा तालिबान आतङ्ककारी समूहले लिएका थिए । पाँच आतङ्ककारी होटेलभित्र प्रवेशगरी अफगान र विदेशी अधिकारी लक्षित आक्रमण गरेको बताइएको थियो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ