arrow

भारतीय सेनालाई चीनको चेतावनी : ७३ दिनको विवादबाट पाठ सिक 

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
India-China-Border.jpg

बेइजिङ । चीन र भारतबीच केही महिना अघि रोकिएको सीमा विवादमा चिनियाँ सेनाले भारतीय सेनालार्इ चेतावनी दिएको छ । बिहीबार चिनियाँ विदेश मन्त्रालयले भुटानसँग चीनको विवाद नरहेको र त्यो भूमि चीनको नै रहेको दाबी गर्दै भारतलार्इ चेतावनी दिएको हो । 

केही दिन अघि भारतीय सेना प्रमुख जनरल बिपिन रावतले केही दिन अघि दोक्लाम अहिले पनि एउटा विवादित क्षेत्र रहेको जनाएका थिए । तर, उनले अभिव्यक्ति दिएको समयमा चीनबाट कुनैपनि प्रतिक्रिया आएको थिएन । तर, बिहीबार चिनियाँ सेनाले ७३ दिनसम्म चलेको सीमाको गतिरोधबाट भारतले सबक सिक्नुपर्ने बताएका छन् । खास कुरा यो हो कि विपिन रावतको अभिव्यक्तिपछिको यो चिनियाँ सेनाको पहिलो टिप्पणी हो । 

चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्नल वू कियानले बिहीबार भने, 'डोकलाम चीनको हिस्सा हो।' केही दिन पहिले मात्रै जनरल रावतले भनेका थिए कि भारतले पाकिस्तानको सीमासँग राखेको फोकसलाई चिनियाँ सीमा तर्फ सिफ्ट गर्नुपर्ने देखिएको छ । उनले यो पनि भनेका थिए कि चीनले पनि वास्तविक नियन्त्रण रेखामाथि दबाव बनाउने प्रयास भइरहेको छ। 

१२ जनवरीमा आर्मी चीफले भनेका थिए, 'चीनको पीपल्स लिबरेशन आर्मीले उत्तरी डोकलामको इलाकामाथि कब्जा गरेको छ। गतिरोध स्थलबाट दुबै पक्ष पछि हटेका छन् । सो स्थलमा निगरानी चौकिहरु बाँकी नै छन्। यस क्षेत्रलार्इ लिएर भुटान तथा चीन बीच विवाद कायमै छ।' यस अभिव्यक्तिमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन्, 'भारतीय पक्षको अझैपनि आफनो सीमा मिच्ने प्रयास गरिरहेको छ।' उनले भनेका छन् कि भारतीय पक्षले यस अघिको घटनाबाट सबक सिकेर आगामी दिनमा अघि बढ्नु पर्छ।'  

पछिल्लो वर्ष भारतीय सैनिकले विवादित डोकलाम क्षेत्रमा चिनियाँ सैनिकलार्इ सडक बनाउन रोकेको थियो । ७३ दिनसम्म भारत तथा चीनका सैनिकहरु आमने-सामने थिए । २८ अगस्टमा दुबै देशले आफूआफूले जीतको स्वघोषणा गर्दै जाडो लागेपछि पछि हटेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ