arrow

यस्ता छन् विवेकशील साझाले 'अधिकारी' रोज्नुका चार विकल्प

logo
प्रकाशित २०७४ माघ १२ शुक्रबार
bibeksheel-sajha-party_(1).png

काठमाडौं ।  विवेकशील साझा पार्टीले राष्ट्रिय सभाको चुनावमा प्रदेश ३ को खुलातर्फ नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई समर्थन गर्ने निर्णयप्रति अभिव्यक्त चासो र चिन्ताका बारे स्पष्ट पार्न बक्तव्य जारी गरेको छ ।  शुक्रवार पार्टिले विज्ञप्ति जारी गरि आफ्नो धारणा सार्वजनिक गरेको हो ।


 राष्ट्रिय सभाको चुनावका सम्बन्धमा विवेकशील साझाका  सामू मूलत चारवटा विकल्पहरू रहेका उल्लेख गरेको छ ।

'पहिलो विकल्प  चुनावमा भाग नै नलिनु भनेको लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न आएको पार्टीलाई सुहाउने कुरा थिएन। साथै, आगामी दिनमा प्रदेश सभामा पनि हाम्रा चित्त बुझेका/नबुझेका हरेक विषयमा मतदानको प्रक्रियामा सामेल भएर वृहत  राष्ट्रहितको पक्षपोषण गर्नु नै हाम्रो कर्तव्य हुने महशुस गरेका छौं।'  विवेकशील साझाले  जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 विवेकशील साझाले दोस्रो विकल्पमा आफ्नै उम्मेदवार उठाउन नागरिक समाजका केही प्रवुद्ध व्यक्तित्वहरुसँग गरेको छलफल सार्थक हुन नसकेको र चाहेजस्तो व्यक्तित्वहरूले सदभाव राख्दाराख्दै पनि साथ भने दिन नसकेको बताएको छ ।

तेस्रो विकल्प, वाम गठवन्धन आफुले समर्थन गरेको उम्मेदवारको बारेमा विवेकशील साझासँग मनोनयन दर्ताको अन्तिम घडीमा मात्र सम्पर्कमा आयो र त्यतिञ्जेलसम्ममा नेपाली कांग्रेससँग विवेकशील साझा र नयाँ शक्ति पार्टीसहित भएर शुरु भएको कुराकानी निकै अघि बढिसकेको जिकिर गरेको छ । 'यद्यपि नेपाली कांग्रेसलाई हामीले उनीहरूले प्रारम्भिक रूपमा छलफलमा ल्याएका तर हाम्रो बुझाईमा राष्ट्रिय सभाका लागि अनुपयुक्त देखिने सम्भावित उमदेवारहरुप्रति हाम्रो समर्थन रहन नसक्ने प्रष्ट पारेका थियौं ।' विज्ञप्तिमा भनिएको छ ।

चौथो विकल्प, नेपाली कांग्रेससँग उपयुक्त उम्मेदवारको विकल्पमा छलफल हुँदा विवेकशील साझाले अघि सारेका कतिपय स्वतन्त्र, प्रवुद्ध व्यक्तिहरू कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने संभावना नदेखेको । र  नेपाली कांग्रेससँगै आवद्ध व्यक्तिहरूको चर्चा हुँदा राधेश्याम अधिकारी लगायतका केही नाम छलफलमा विवेकशील साझाले तुलनात्मकताको कसीमा हेर्दा उहाँहरूमध्ये कोहीलाई समर्थन हुनसक्ने  जनाएको थियो ।

विवेकशील साझाले  राष्ट्रिय सभामा अघि सारिएका उम्मेदवारहरूमध्ये समग्रतामा हेर्दा छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा राधेश्याम अधिकारी सक्षम रहेको जनाएको छ । ' राष्ट्रियसभामा विभिन्न जटिल विषयहरूलाई सूक्ष्म ढंगबाट केलाएर विवेकपूर्ण निर्णय लिनसक्ने क्षमता उनमा छ भन्ने हाम्रो विश्वास हो। यो देशका लागि अत्यन्त घातक ‘शिक्षा विधेयक’ ल्याइदा संसदमा पार्टीको निर्णयभन्दा विपरित गएर मतदान गर्ने तीनजना सांसदहरुमध्ये अधिकारी एक हुन्।  केही समय अगाडि चर्चित लोकमानसिंह कार्की र शुशिला कार्कीमाथिको छुट्टाछुट्टै महाभियोग प्रकरणमा अधिकारीले खेलेको जनपक्षीय भूमिका र उनले संसदमा दिएका अभिव्यक्तिहरुको पनि यहाँ स्मरण गरिनु वान्छनीय हुन्छ ।'

 ‘भ्रष्टाचारको कसूरमा सजायँ भुक्तान गरिसकेको व्यक्तिले पनि भविष्यमा चुनाव लड्न पाउनुपर्छ’ भन्ने राधेश्याम अधिकारीको अभिव्यक्ति प्रति विवेकशील साझाले असहमत पनि जनाएको छ । पार्टिले ' उनको त्यो धारणा एक कानुनविद्को हिसाबले विधिशास्त्रीय सिद्धान्तमा टेकिएर गरिएको तर्क हुनसक्ला तर हामी सो तर्कको ठिक विपरित भ्रष्टाचारी प्रमाणित भएका व्यक्तिलाई कडा सजायँका साथै राजनीतिबाट विमुख गरिनुपर्छ भन्ने मान्यता राख्दछौ ।' भनेको छ

विवेकशील साझाले  कांग्रेससंगको यो सहमति कुनै दीर्घकालीन सहकार्य नभई आसन्न राष्ट्रिय सभाको निर्वाचनका लागि मात्र रहेको बताएको छ ।

'राष्ट्रिय सभामा एकजना प्रवुद्ध व्यक्ति जाने र संसदीय प्रणालीमा महत्वपूर्ण मानिने ‘विपक्षी बेन्च’ लाई बलियो बनाउने एउटा सम्भावनालाई प्रकारान्तरले खेर फाल्ने काम हुने देखिएकोले आफ्नो उम्मेदवार नभए पनि प्रत्याशीहरु मध्येको उपयुक्त विकल्पको रुपमा राधेश्याम अधिकारीलाई रोजेका हौं ' विज्ञप्तिमा भनिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ