समाजवादीहरुको दक्षिण एशियाली सञ्जाल बनाउन पहल शुरु
प्रकाशित २०७४ माघ १३ शनिबार
158
Shares
काठमाडौं। दक्षिण एशियाली समाजवादीहरुको सञ्जाल बनाउन पहल शुरु भएको छ। यसका लागि प्रारम्भिक छलफल शुरु भएको छ। यही सिलसिलामा भारत र नेपालका समाजवादी अध्येताहरुबीच छलफल भएको छ।
भारतबाट नेपाल भ्रमणमा आउनुभएका समाजवादी नेता चक्रवर्ती अशोक प्रियदर्शी, समाजवादी नेता जुहेद जोनी र नेपालका समाजवादी अध्येताहरु शोभाकर पराजुली,चन्द्रकिशोर लगायतकाबीच छलफल भएको हो।
भारतीय समाजवादी नेता चक्रवर्तीको आफ्नै सम्पादनमा प्रकाशित नक्सलवाद हिंसा के मार्ग से क्रान्तिका दीर्घकालिक हठ प्रकाशित छ।
छलफल पछि पराजुलीले लेखेको लोकतन्त्र र समाजवादको अंगेजी र हिन्दी संस्करण भारतीय नेताहरुलाई दिएका थिए।
भेटमा समाज, दल, राजनीतिलाई कसरी मानवहितका पक्षमा लगाउनु पर्छ भन्ने बारे व्यापक छलफल भएको उल्लेख गर्दै पराजुलीले यस अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।