arrow

वर्षमानको स्वास्थ्यमा क्रमिक सुधार, डाक्टरले भने–ठूलो समस्या होइन

logo
प्रकाशित २०७४ माघ १३ शनिबार
Barsaman-Pun.jpg.jpeg

काठमाडौं । माओवादी नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा ठूलो समस्या नदेखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

जन्डिसबाट पीडित अनन्त चिकित्सकको सुझाव अनुसार स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डको बैंकक पुगेका छन् ।

उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । चिकित्सकले ६ महिनापछि परीक्षणका लागि बोलाएको बताइएको छ । भारत र नेपालमा लामो समयसम्म उपचार गर्दा सिप नलागेपछि पुन थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल पुगेका थिए ।

नेता पुनलाई चिकित्सकले नियमित जाँचका लागि सल्लाह दिएका छन् । निवर्तमान सभामुख तथा पत्नी ओनसरी घर्तीसँगै उनी गएको बुधबार बैंकक गएका थिए । अनन्त सोमबार नेपाल फर्कने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ