arrow

रुकुमबासीले गरे देउवाको निर्णयको स्वागत, सदरमुकाम तत्काल कार्यान्वयन गर्न जोड

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ माघ १३ शनिबार
purbi_rukum.jpg

काठमाडौं । पूर्वी रुकुमका स्थानीयहरुले सरकारले पुर्वी रुकुम जिल्लाको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिका वडा नं। १२ गोलखाडा, कोलमा स्थापना गर्ने निर्णयको स्वागत गरेका छन् । शनिबार पूर्वी रुकुमबासीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सरकारले हालै गरेको उक्त निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । 

नेकपा माओवादी केन्द्रका नेता पुनिराज घर्तीमगर, नेपाली कांग्रेसका धुव्र पुन मगर र नेकपा एमालेकाका नेता मस्त बुढामगरको संयुक्त नाममा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषदको उक्त निर्णयलाई हार्दिक स्वागत गर्दै वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषदका अन्य सदस्यहरुलाई उच्च सम्मान प्रकट गर्न चाहन्छौं ।’

उनीहरुले प्रधानमन्त्री देउवालाई पूर्वी रुकुमका उत्पीडित र उपेक्षित मगर तथा अन्य जातजाति र समुदायको तर्फबाट विशेष धन्यवाद समेत व्यक्त गरेका छन् । उनीहरुले हाल निर्णय गरिएको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ गोलखाडा पूर्वी रुकुमका तीनवटै गाउँपाािलकाको केन्द्रविन्दुमा अवस्थित रहेको कुरा पनि स्पष्ट पारे । 

पूर्वमन्त्री केशरमान रोकाले सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै यसको धन्यवादको पात्र प्रधानमन्त्री देउवा रहेको सुनाए । उनले भने,‘प्रधानमन्त्री देउवाज्यूले अत्यन्तै राम्रो निर्णय गर्नुभयो, यसले सबैलाई न्याय गरेको छ ।’ कार्यक्रममा बोल्दै माओवादी केन्द्रका रुकुमका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य पुनीराज घर्तीमगरले पनि सरकारको निर्णयको स्वागत गर्दै भने, ‘सरकारले तोकेको सदरमुकाम सबैलाई पायक पर्ने ठाउँमा छ, यो केन्द्र हो, त्यसैले यो निर्णय तत्काल कार्यान्वयन गर्नुपर्छ ।’ सरकारले निर्णय कार्यान्वयनमा ढिलासुस्ती आफूहरु संघर्षमा उत्रिने समेत उनको चेतावनी दिए । 

त्यस्तै रुकुम एमालेका प्रदेश नम्बर–५ काठमाडौ सम्पर्क संगठन कमिटीको सदस्य मस्त बहादुर बुढामगरले पूर्वी रुकुमको सदरमुकाम सरकारले अहिले सबैलाई केन्द्रमा पर्नेगरी तोकिएकोमा खुशी व्यक्त गरे । उनले भाषिक समुदायको बाहुल्यता भएको ठाउँमा सदरमुकाम तोकियोले आफूहरु उक्त निर्णयको स्वागत गर्दै कार्यान्वयनमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेस रुकुमको प्रदेश सभाको लागि समानुपातिक उम्मेदवार कुसुम थापाले पनि देउवाको निर्णय स्वागतयोग्य रहेको भन्दै तत्काल निर्णय गराउनुपर्नेमा जोड दिईन् । उनले भने, ‘विगटतालाई सुगममा ल्याउनको लागि वा हरेक हिसाबले यो निर्णय न्यायोचित छ ।’

उनले भनिन्, ‘अस्थायी रुपले कार्य सञ्चालन हुँदै आएको रुकुमकोट पश्चिम सिमानामा अवस्थित रहेको कुरा पनि हामी जानकारी गराउन चाहन्छौं।’ उनले सरकारको उक्त निर्णयलाई तत्काल कार्यान्वयनको लागि कार्य सञ्चालन गर्न गराउन स्थानीय प्रशासनलाई निर्देशनको लागि अनुरोध गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ