arrow

मधेशी दलहरुलार्इ सरकारमा ल्याउन गठबन्धनसामु फेरि अर्को अड्चन 

logo
प्रकाशित २०७४ माघ १३ शनिबार
bam_gathabandhan.jpg

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मधेशी दलसँग सहकार्य गरेर अघि बढ्ने प्रयास गरिरहेको बाम गठबन्धनको प्रयास लगभग विफल भएको छ । ४३ सिट आफूले राखेर ५६ सिटमा बाँकी सिट मधेशी दलहरुलाई दिने प्रयासमा रहेको बाम गठबन्धनसँगको कुराकानी नमिल्ने भएपछि अहिले दुबै पक्ष आ आफ्नै सुर कस्न थालेका छन् । 

राष्ट्रिय सभादेखि प्रदेश सरकार हुँदै केन्द्र सरकारसम्म सहकार्य गरेर जानेगरी सहमति गर्ने तयारीमा रहेका यी दुई पक्षको अन्तिम स्थितीमा सहमति हुन नसकेको एमालेका एक नेताले जानकारी दिए । 

एमाले स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनमा साथ नदिएका मधेशी दलहरुसँग अब सरकार गठनको समयमा पनि सहकार्यको लागि प्रस्ताव नै नगर्न एमालेका दोस्रो तहका नेताहरुको सुझाव छ । राष्ट्रिय सभामा मधेशी दलहरु अहिले काँग्रेससँग मिलेर चुनाव लड्ने मनस्थितीमा पुगिसकेका छन् । यस्तो अवस्थामा गठबन्धनसँगको सहकार्य मधेशी दलहरुले अस्वीकार गरिसकेको एमाले निकट स्रोतले जनाएको छ । 

एमालेका ती नेताका अनुसार मधेशी दलका प्रतिनिधिहरुले बैठकका क्रममा अघिल्लो संविधान सभामा प्रस्तुत भएको राज्य पुनर्संरचनाको प्रतिवेदन अनुसार प्रदेशको सिमांकन गर्नुपर्ने प्रस्ताव गरेका थिए । समयानुकूल त्यो प्रस्ताव जायज नरहेकोले आफूहरुले पनि सो प्रस्ताव स्वीकार गर्न नसक्दा राष्ट्रिय सभामा सँगै जान नसकेको एमालेले जनाएको छ । 

अहिले राष्ट्रिय सभामा सहयोग नहुने भएपछि एमालेले अव सरकारमा ल्याउनको लागि मधेशी दलहरुलाई वास्ता नगर्ने पक्षमा आफूहरु रहेको जनाएको छ । मधेशी दलहरुको सो प्रस्तावका कारण मधेशी दललाई सरकारमा ल्याउने बाम गठबन्धनको प्रयासमा अर्काे अड्चन सुरु भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ