arrow

‘निजी मेडिकल कलेज कालोबजारीया र ठग’

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
medical_collage.JPG

काठमाडौं । सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले निजी मेडिकल कलेजहरुले मनोमानी शुल्क लिएको भन्दै विरोध गरेको छ । अलायन्सले सोमबार विज्ञप्ति प्रकाशित गरी मेडिकल कलेजहरुले कालोबजारी तथा ठगी गरेको भन्दै विरोध गरेको हो ।

विज्ञप्तिमा ‘नेपाल सरकारले एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरुको शुल्क तोकेको तथा त्यसलाई चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले कार्यान्वयन गरेको अवस्थामा केही निजी मेडिकल कलेजहरुले अवैध रुपमा थप शुल्क लिएको भन्ने कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।  यस्तो ठगी गर्ने मेडिकल कलेजहरुलाई कालोबजारी तथा ठगी मुद्दामा तत्काल कारवाही अघि बढाउन हामी सम्बन्धित निकायलाई जोडदार आग्रह गर्दर्छौं’–भनिएको छ ।

अलायन्सले ठगीको विरोधमा रहेका विद्यार्थीहरुलाई अझै संगठित भएर विरोध गर्न तथा कुनै पनि हालतमा थप अवैध शुल्क नतिर्न भनेको छ ।

विज्ञपप्तिमा अगाडि भनिएको छ, ‘भर्ना लिएपछि समेत मेडिकल कलेजले पाइला पाइलामा ठगी गर्ने गरेको पाइएकोले निरन्तर त्यसको प्रतिरोध गर्न समेत विद्यार्थीहरु समक्ष आग्रह गर्दर्छौं ।’

यसअघि पनि समेत मेडिकल कलेजहरुले योग्य विद्यार्थीलाई छाडेर मोलमोलाइका आधारमा कमजोर विद्यार्थी लिने र मनोमानी शुल्क लिने गरेको आरोप लगाउँदै अलायन्सले संघर्षका लागि तयार रहेको चेतावनी दिएको छ ।

‘यसअघि काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले मेडिकल माफियासितको मिलेमतोमा सरकारले तोकेभन्दा बढी शुल्क निर्धारण गरेको तथा विराट र नोबेल मेडिकल कलेजले अवैध रुपमा मेडिकल काउन्सिलले दिएकोभन्दा बढी सिटमा भर्ना लिएको विषयमा समेत हाम्रो गम्भीर आपत्ति रहेको छ, विज्ञप्तिमा भनिएको छ, ‘ त्यस्तो अवैध काममा संलग्न पदाधिकारी तथा मेडिकल कलेजहरुलाई कुनै पनि हालतमा जवाफदेही बनाउन पर्नुका साथै अवैध रुपमा थप सिटमा भर्ना भएका विद्यार्थीहरुलाई लाइसेन्स नदिने भनेर मेडिकल काउन्सिलले सार्वजनिक सुचना निकालिसकेकाले त्यस्ता विद्यार्थी तथा अभिभावकलाई समयमै भर्ना रद्द गर्न आग्रह गर्दर्छौं ।’

यस्तै, पछिल्लो समय त्रिवि पदाधिकारीले आइओएमका डिनको कार्य सम्पादनमा निरन्तर अवरोध गरिरहेको तथा त्यसका लागि आइओएमका कर्मचारीहरु परिचालित गरेकोप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको अलायन्सको विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ