arrow

भाइको छोरालाई आफ्नै छोरा भनि नागरिकता लिन खोज्ने माझी पक्राउ

logo
वद्री नयाघरे,
प्रकाशित २०७४ माघ १५ सोमबार
kirte-citizenship.jpeg

रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालीका वडा नं १ राकाथुम लुभुका विनोद माझीले नक्कली छोरा वनाई नागरिकताको सिफारिस लिन खोज्दा वडा कार्यालयवाट नै पक्राउ परेका छन् ।

माझीले आफ्नो भाइको छोरालाई आफ्नै छोरा वनाई नागरिकताको सिफारिस लिन वडा कार्यालयमा पुगेका थिए । वडा कार्यालयमा पुगेका माझीलाई वडा अध्यक्ष विष्णु श्रेष्ठले शंका लागेर सोधखोज गर्दा उनले नक्कली नागरिकता वनाउनको खोजेको भन्दै उनलाई वडा कार्यालयवाट नै नियन्त्रणमा लिएर प्रहरीलाई खवर गरी जिम्मा लगाएको थियो ।

 पक्राउ परेका माझीलाई प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ