हवाइ आक्रमणमा परी सिरियामा ३३ सर्वसाधारणको मृत्यु

प्रकाशित मिति : २०७४ माघ १५ सोमबार
फाइल तस्विर

बेरुत । सिरियामा प्रशासनले कारबाहीमा परी ३३ जना सर्वसाधारण मारिएका सिरियाली मानव अधिकारवादी संस्थाले सोमबार जनाएको छ ।

प्रशासनले गत चौबीस घण्टामा गरेको हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

उत्तरपश्चिमी प्रान्त इदलिबमा सरकारी सुरक्षाकर्मी जिहादी लडाकूहरू विरुद्ध भिडन्त गरिरहेका छन् ।

बेलायतस्थित उक्त संस्थाले साराक्वेबमा सरकारी सेनाले बजार क्षेत्रमासमेत गोलाबारी गरेको र विभिन्न स्थानमा गरी सोमबार मात्रै २७ सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ । एएफपी

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ